Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदको आवेदन म्याद वैशाख १७ सम्म बढ्यो

kumari  bank

 

काठमाडौं । ‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप भएको छ । यसअघि आवेदन दिने अन्तिम दिन वैशाख ७ गते रहेकोमा अब वैशाख १७ गतेसम्म आवेदन दिन सकिने छ ।

रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले वैशाख ३ गते बुधबारदेखि १ अर्बको म्युचुअल फन्ड योजना बिक्री खुला गरेको हो । यो योजना १० वर्षे अवधिको बन्दमुखी योजना हो।

रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘रिलायबल समृद्धि योजना’ ले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गरेको हो । कुल योजनाको आकारमध्ये १५ प्रतिशत इकाई मध्ये कोष प्रवर्धक रिलायबल लाईफ इन्स्योरेन्सलाई १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई तथा र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरेको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।

यसमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत आवेदन भर्न सकिनेछ ।

माग भन्दा बढीको आवेदन परेको अवस्थामा योजनाको आकार २५ प्रतिशतले बढाएर १ अर्ब २५ करोडसम्म कायम गर्न सकिने जनाइएको छ ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि(आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

फण्ड मार्फत संकलन गरेको रकम मुख्यतया धितोपत्र बजारमा लगानी गर्ने योजना व्यस्थापकको रहेको छ । सरकारी ऋणपत्र, ट्रेजरी वील तथा मुद्रा बजारका अन्य साधनहरु, बैंक निक्षेप तथा अन्य मुद्रा बजारका उपकरणहरुमा लगानी गर्नेछ । योजनाले दोस्रो वर्षदेखि लाभांश वितरणको प्रक्षेपण गरेको छ । जसमा योजनाले दोस्रो र तेस्रो वर्षमा समान १० प्रतिशतका दरले लाभांश दिने प्रक्षेपण गरेको छ । यस योजनाको वार्षिक औषत प्रतिफल १७।७३ प्रतिशत प्रक्षेपण गरिएको छ ।

यस योजना बन्दमुखी प्रकृतिको योजना भएकोले यसका इकाईहरु धितोपत्र बजारमा सूचिकरण भई सार्वजनिक निष्काशन पश्चात सामूहिक लगानीकोष नियमावली, २०६७ बमोजिम धितोपत्र बजारमा खरिद बिक्रि गर्न सकिनेछ ।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रबर्धकलाई केयर एनपी ट्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । साथै योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटि ४ प्लस रेटिङ्ग प्रदान गरेको छ ।

 

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

वि.सं.२०८२ जेठ २ शुक्रवार १६:१०

  काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा...

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा – स्टाइल, शक्ति र स्मार्टनेसको त्रिवेणी

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा...

वि.सं.२०८२ जेठ २ शुक्रवार ००:००

काठमाडौं, जेष्ठ ०१– नेपाली स्मार्टफोन बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन...

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को...

वि.सं.२०८२ जेठ १ बिहीवार २२:२३

काठमाडौँ । पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका...

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता तथा तालिम कार्यक्रम सम्पन्न

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३७

  काठमाडौँ । लघुबित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३१

काठमाडौँ । सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा...

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:५५

  काठमाडौँ । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आज...