CG Electronics
IME Life
NIMB

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदको आवेदन म्याद वैशाख १७ सम्म बढ्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । ‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप भएको छ । यसअघि आवेदन दिने अन्तिम दिन वैशाख ७ गते रहेकोमा अब वैशाख १७ गतेसम्म आवेदन दिन सकिने छ ।

रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले वैशाख ३ गते बुधबारदेखि १ अर्बको म्युचुअल फन्ड योजना बिक्री खुला गरेको हो । यो योजना १० वर्षे अवधिको बन्दमुखी योजना हो।

रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘रिलायबल समृद्धि योजना’ ले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गरेको हो । कुल योजनाको आकारमध्ये १५ प्रतिशत इकाई मध्ये कोष प्रवर्धक रिलायबल लाईफ इन्स्योरेन्सलाई १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई तथा र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरेको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।

यसमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत आवेदन भर्न सकिनेछ ।

माग भन्दा बढीको आवेदन परेको अवस्थामा योजनाको आकार २५ प्रतिशतले बढाएर १ अर्ब २५ करोडसम्म कायम गर्न सकिने जनाइएको छ ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि(आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

फण्ड मार्फत संकलन गरेको रकम मुख्यतया धितोपत्र बजारमा लगानी गर्ने योजना व्यस्थापकको रहेको छ । सरकारी ऋणपत्र, ट्रेजरी वील तथा मुद्रा बजारका अन्य साधनहरु, बैंक निक्षेप तथा अन्य मुद्रा बजारका उपकरणहरुमा लगानी गर्नेछ । योजनाले दोस्रो वर्षदेखि लाभांश वितरणको प्रक्षेपण गरेको छ । जसमा योजनाले दोस्रो र तेस्रो वर्षमा समान १० प्रतिशतका दरले लाभांश दिने प्रक्षेपण गरेको छ । यस योजनाको वार्षिक औषत प्रतिफल १७।७३ प्रतिशत प्रक्षेपण गरिएको छ ।

यस योजना बन्दमुखी प्रकृतिको योजना भएकोले यसका इकाईहरु धितोपत्र बजारमा सूचिकरण भई सार्वजनिक निष्काशन पश्चात सामूहिक लगानीकोष नियमावली, २०६७ बमोजिम धितोपत्र बजारमा खरिद बिक्रि गर्न सकिनेछ ।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रबर्धकलाई केयर एनपी ट्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । साथै योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटि ४ प्लस रेटिङ्ग प्रदान गरेको छ ।

 

आकर्षक डिजाइन र उत्कृष्ट कार्यक्षमतासहित शाओमीले बजारमा ल्यायो नयाँ रेडमी प्याड २ (९.७”)

आकर्षक डिजाइन र उत्कृष्ट कार्यक्षमतासहित शाओमीले बजारमा...

वि.सं.२०८३ जेठ १३ बुधवार १३:३३

  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले प्रिमियम ट्याबलेट अनुभव प्रदान गर्ने...

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच सम्झौता: साना व्यवसाय र महिला उद्यमीका लागि २ करोड ५० लाख डलरको कर्जा सुविधा

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच...

वि.सं.२०८३ जेठ १३ बुधवार ११:५३

  नेपालका लघु, साना तथा मझौला उद्यम र विशेषगरी महिला...

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन : महासचिव पराजुली

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:५०

  काठमाडौं । नेपाल हिमालयन सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र...

स्थिर ब्याजदर र दीर्घ कर्जाले मात्र उद्योग चल्छ : उपाध्यक्ष धमला

स्थिर ब्याजदर र दीर्घ कर्जाले मात्र उद्योग...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:३३

  काठमाडौं । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले...

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा हुँदै

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१८

  काठमाडौं । नेपाल विद्युत् व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स,...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१६

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...