Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

प्रभु बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानीमा सुधार

 

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरणअनुसार गत वर्षको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा बैंकको खुद नाफा साढे ३ प्रतिशतले वृद्धि भएको छ।

बैंकले गत वर्षको चैत मसान्तसम्म १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा बढेर १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ नाघेको छ। खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि १० रुपैयाँ २६ पैसाबाट बढेर १० रुपैयाँ ६३ पैसा कायम भएको छ।

यद्यपि बैंकको आम्दानी र सञ्चालन नाफा भने केही घटेको छ। बैंकको खुद ब्याज आम्दानी गत वर्ष ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ रहेकोमा चालू आवमा घटेर ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँमा झरेको छ।

यता बैंकको सञ्चालन नाफा ३ अर्ब ५७ करोड २७ लाख रुपैयाँबाट घटेर ३ अर्ब ४३ करोड ५२ लाख रुपैयाँमा कायम भएको छ भने कुल सञ्चालन आम्दानी पनि १० अर्ब १९ करोडबाट घटेर ९ अर्ब ६१ करोडमा झरेको छ।

बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक र रिजर्भ कोषमा १४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।

त्यस्तै बैंकको वितरणयोग्य नाफा ३ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक हुँदा प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा र निष्क्रिय कर्जा ५.०९ प्रतिशत रहेको छ।

होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा

होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा

वि.सं.२०८२ असार ३१ मंगलवार १०:२९

  काठमाडौं । काठमाडौंमा होटल स्मार्ट एण्ड स्मार्ट क्याफे नामको...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार...

वि.सं.२०८२ असार ३० सोमवार १६:३८

काठमाडौं । महालक्ष्मी विकास बैंकको यही असार २० गते बसेको...