CG Electronics
IME Life
NIMB

कर लिएपछि सुविधा बढाउने नीतिअनुरुप करका दर र दायरा निर्धारण

NIMB
Himalayan Bank

 

काठमाडौँ । कर सम्बन्धी शिक्षा र सूचना पाउने करदाताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाको वडा नम्बर १५ ले कर शिक्षा कार्यक्रम थालेको छ ।

कर तिर्न आउने करदातालाई करमैत्री वातावरण प्रदान गर्ने, जानकारी लिन चाहनेहरुका लागि परामर्श गर्ने र समय समयमा कर तथा राजस्व क्षेत्रका अधिकारी तथा विज्ञसँग अन्तरक्रियात्मक संवाद गरेर वडाले कर शिक्षालाई अगाडि बढाएको हो ।

सोमबार वडामा आयोजना गरिएको कार्यक्रममा बोल्दै महानगरपालिकाको वित्त समितिका संयोजक एवं वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले, कर लिएर सुविधा दिने नीतिअनुरुप करको दर र दायरा निर्धारण गरिएको बताए ।

जापान, सिंगापुरलगायत देशहरुमा स्थानीय सरकारले संकलन गर्ने कर र प्रदान गर्ने सेवा उधृत गर्दै उनले भने,‘सेवा पाए र कर रकमको सदुपयोग भएको सुनिश्चित भएपछि करदातालाई कर तिर्न करकर गरिरहनु पर्दैन । कर मात्र लिने सेवा नदिने भएपछि मात्र करकर गर्नु पर्ने हो ।

यसकारण महानगरपालिकाले नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह र सुविधा वितरण गरिरहेको छ ।’कार्यक्रममा करको सिद्धान्त, यसको प्रचलन, करदाताका दायित्व र अधिकारलगायन विषयमा आन्तरिक राजस्व कार्यालय, कलंकीका प्रमुख कर अधिकृत धनकुमार राई, महानगरपालिकाको राजस्व विभागका प्रमुख दिपक अधिकारी र राजस्व कार्यालयका कर अधिकृत विजयप्रसाद लामिछानेले प्रस्तुतिकरण गरेका थिए ।

प्रस्तुतिपछि आय कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, कर छुट सुविधा, कर परीक्षण, अग्रिम करकट्टी, मिसम्याच, दर्ता, दर्ता खारेजी र स्थगनलगायत विषयमा छलफल भएको थियो । यस्तै पान नम्बर, व्यक्तिगत पान, व्यवसायिक पान, डब्लु पान (विथ होल्डिङ् पान) र यी नम्बरहरुको प्रयोग सम्बन्धी जानकारी गराइएको थियो ।

कार्यक्रममा व्यक्ति, संघसंस्था तथा व्यवसायिक कारोबार गर्ने व्यवसायीहरुलाई बोलाइएको थियो ।

 

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...