CG Electronics
IME Life
NIMB

राष्ट्र बैंकको कडाई : तीन विकास बैंक र दुई फाइनान्स कम्पनीमाथि कारबाही

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्ड उल्लंघन गरेको भन्दै तीन वटा विकास बैंक र दुई वटा फाइनान्स कम्पनीमाथि कारबाही गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा राष्ट्र बैंकले पोखरा फाइनान्स, जानकी फाइनान्स, मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंकमाथि विभिन्न प्रकृतिका कारबाही गरेको हो।

राष्ट्र बैंकले पोखरा फाइनान्स र जानकी फाइनान्सलाई शीघ्र सुधारात्मक कारबाही गर्दै नयाँ निक्षेप खाता खोल्न, कर्जा लगानी गर्न, नयाँ शाखा विस्तार तथा कर्मचारी नियुक्ति रोक लगाएको छ। यी संस्थाले न्यूनतम पुँजीकोष अनुपात तोकिएको सीमा भन्दा ५०% भन्दा कम राखेको तथा निष्क्रिय कर्जाको अनुपात अत्यधिक रहेको जनाइएको छ। पोखरा फाइनान्सको निष्क्रिय कर्जा ३३.४४% पुगेको छ।

पोखरा फाइनान्सले नियामकीय मौज्दात रकम कायम नगरेको भन्दै उसलाई रु. ४६,७१८.२३ जरिवाना गरिएको छ। साथै, तत्कालीन प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई आफ्नो जिम्मेवारी समुचित रूपमा निर्वाह नगरेको ठहर गर्दै रु. ५ लाख जरिवाना गरिएको छ।

त्यस्तै, जानकी फाइनान्सले समेत पुँजीकोष मापदण्ड उल्लंघन गरेकाले विनियमावली, २०७४ अनुसार शीघ्र सुधारात्मक कारबाहीमा परेको छ।

अर्कोतर्फ, मुक्तिनाथ विकास बैंकका सञ्चालक समिति अध्यक्ष भरतराज ढकालले आन्तरिक भवन निर्माण समितिमा समावेश भई एकीकृत निर्देशन उल्लंघन गरेको पाइएपछि उनलाई सचेत गराइएको छ।

नारायणी डेभलपमेन्ट बैंकले तोकिएको पुँजी र पुँजीकोष अनुपात कायम नगरेको तथा राष्ट्र बैंकका निर्देशन बारम्बार उल्लंघन गरेको पाइएपछि सञ्चालक समितिलाई लिखित आदेश दिइएको छ। २०७७ सालमा समस्याग्रस्त सूचीबाट हटाउँदा तोकिएका शर्तहरू पालना नगरेको, निक्षेप संकलनमा सीमा नाघेको तथा कर्जा सीमा उल्लंघन गरेको उल्लेख छ।

सालपा विकास बैंकले अझै पनि न्यूनतम चुक्ता पुँजी कायम नगरेको तथा राष्ट्र बैंकको निर्देशन पालना नगरेको भन्दै सञ्चालक समितिलाई नसिहत दिइएको छ।

राष्ट्र बैंकले नियम पालन नगर्ने वित्तीय संस्थाहरूमाथि आगामी दिनमा अझ कडा निगरानी गर्ने स्पष्ट संकेत दिएको छ।

 

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...