CG Electronics
IME Life
NIMB

लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले जित्यो काइयी अटो ग्लोबल सम्मेलन २०२५ मा ‘मोस्ट प्रोमिशिंग पार्टनर’ पुरस्कार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौँ, बैशाख १७ गते । नेपालका लागि काइयी मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी प्रा. लि. र जी.ओ. अटोमोबाइल्स प्रा. लि. लाई चीनको यिबिनमा आयोजित काइयी अटो ग्लोबल बिजनेस सम्मेलन २०२५ मा संयुक्त रूपमा ‘मोस्ट प्रोमिसिग पार्टनर’ पुरस्कारबाट सम्मानित गरिएको छ ।

 

यो पुरस्कारले लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सलाई नेटवर्कभरिका ५० क्षेत्रीय वितरकहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने वितरकहरूमा उभ्याएको छ र यसले नेपाली बजारमा बलियो वृद्धि क्षमता र प्रभावकारी प्रदर्शनलाई प्रतिबिम्बित गरेको छ ।

यो कार्यक्रम अन्तर्राष्ट्रिय सहकार्यको उत्सवको रुपमा अन्तरदृष्टिपूर्ण छलफल, रणनीतिक नेटवर्किङ र रोमाञ्चक विश्वव्यापी साझेदारीहरूसहित आयोजना गरिएको थियो ।

 

यस प्रतिष्ठित सम्मानले लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सको नेपाली बजारमा काइयी सवारी साधनहरूलाई ग्राहकसम्म पुर्याउने र प्रवर्द्धन गर्ने उत्कृष्ट प्रयासप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ भने उनीहरुको ग्राहकलाई सन्तुष्ट बनाउने र सम्भावित वृद्धिप्रतिको प्रतिबद्धतालाई पनि प्रमाणित गरेको छ ।

 

यस गतिलाई अगाडी बढाउदै काइयी नेपालले लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्समार्फत नेपाली उपभोक्ताहरूको विशिष्ट आवश्यकताहरू र प्राथमिकताहरू पूरा गर्न डिजाइन गरिएका नयाँ मोडेलहरूको रोमाञ्चक लाइनअप सुरु गर्ने तयारी गरेको छ । यी सवारी साधनहरूले स्थानीय ड्राइभिङ अनुभवलाई पुन: परिभाषित गर्न उन्नत सुविधाहरू र उत्कृष्ट परफरमेन्स र ग्राहकको सन्तुष्टिसहितको मूल्य निर्धारणको प्रतिबद्धता गर्दछन् ।

 

यस अवार्डसँगै लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सले नेपालभरि ‘इनोभेसन एण्ड रिलायबल मोबिलिटी सोलुसन्स- innovative and reliable mobility solutions’ प्रदान गर्ने आफ्नो समर्पणलाई पुन: पुष्टि गरेको छ ।

 

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा हुँदै

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१८

  काठमाडौं । नेपाल विद्युत् व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स,...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१६

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१०

  काठमाडौं । रमेश कर्पअन्तर्गतको कम्पनी टेलि टक प्रालिले सानेपास्थित...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ १७ देखि हुने

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:०६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा...

एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दूधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दूधमती राष्ट्रिय प्राथमिक...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:०३

  काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ निष्कासन व्यवस्थापन सम्झौता

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:००

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र जेनेसिस भेन्चर्स लिमिटेडबीच...