CG Electronics
IME Life
NIMB

श्रमिक दिवसको अर्थ नै नबुझ्ने श्रमिक, जीवन धान्ने संघर्षमै सीमित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

रौतहट । चर्को गर्मी र ढल्किंदो उमेरका बाबजुद भारी बोकेर पसिना बगाइरहेकी रामकलीलाई ‘श्रमिक दिवस’ के हो भन्ने थाहा छैन। ३० वर्ष पार गरेकी रामकलीलाई आफ्नो जीविकोपार्जन कसरी गर्ने भन्ने मात्रै चिन्ता छ।

“कामको ज्याला समयमै पाए हुन्थ्यो,” उनी भन्छिन्। “महँगी आकाशिएको छ, ज्यालाले खान लाउन मुस्किल छ। हामीजस्ता श्रमिकले एक दिन काम नगरे साँझ के खाने भन्ने चिन्ता हुन्छ।”

पुरुषसरह काम गरे पनि महिला श्रमिकले कम ज्याला पाउने गरेको उनीहरू बताउँछन्। कतिपय अवस्थामा पुरुषको तुलनामा महिलाले प्रतिदिन १५० रुपैयाँसम्म कम पाउँछन्।

तर, स्थानीय युवा ध्रुव घिमिरे भन्छन्, “अहिले महिला-पुरुष दुबैले समान ज्याला पाउँछन्। श्रमिक अभावका कारण सबैलाई समान अवसर दिइएको छ।”

ईट्टा उद्योगी व्यवसायी संघका अध्यक्ष रामबिनोद साहका अनुसार, ईट्टा उद्योगमा महिला-पुरुष दुवै कामदारलाई समान ज्याला दिइन्छ र त्यहाँ विभेद हुने सम्भावना छैन।

चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटा भने श्रमिकको श्रमको उचित मूल्यांकन हुनुपर्नेमा जोड दिन्छन्।

सन् १८८६ मा अमेरिकाको सिकागोबाट सुरु भएको श्रमिक आन्दोलनको सम्झनामा प्रत्येक वर्ष मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ। रौतहटमा पनि मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरेर दिवस मनाउने तयारी गरिरहेको छ।

 

पर्यटन पूर्वाधार र नीतिगत सुधार कार्यान्वयनमा ढिलाइ हुँदा क्षेत्र प्रभावित : दीपकराज जोशी

पर्यटन पूर्वाधार र नीतिगत सुधार कार्यान्वयनमा ढिलाइ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २३:२९

  काठमाडौं । नेपाल पर्यटन बोर्ड का प्रमुख कार्यकारी अधिकृत...

पर्यटन कथा, संस्कृति र व्यवस्थापनको विषय हो : मन्त्री पौडेल

पर्यटन कथा, संस्कृति र व्यवस्थापनको विषय हो...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:३२

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज...

उद्योगी–व्यवसायीको गुनासो : कर, अनुगमन र अस्थिर नीतिले बजार थलियो

उद्योगी–व्यवसायीको गुनासो : कर, अनुगमन र अस्थिर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २०:२५

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही...

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना सम्पन्न

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना...

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

  काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३

  काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५१

  पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन...