CG Electronics
IME Life
NIMB

औद्योगिक क्षेत्रलाई दिउँसो ५ बजेसम्म निर्बाध विद्युत आपूर्ति : भारतबाट ६०० मेगावाट आयातको समय थप

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं, १८ वैशाख । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको विशेष पहलमा भारतबाट आयात हुँदै आएको ६०० मेगावाट विद्युतको समयावधि आजदेखि थप गरिएको छ। उक्त निर्णयसँगै अब औद्योगिक क्षेत्रहरूमा दिउँसो ५ बजेसम्म निर्बाध विद्युत आपूर्ति सुनिश्चित हुने भएको छ।

ऊर्जा मन्त्री दीपक खड्काको प्रत्यक्ष पहलमा नेपाल विद्युत प्राधिकरण (नेवि प्रा) र भारत सरकारबीचको समन्वयबाट यो सहमति कार्यान्वयनमा आएको हो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार, भारतको ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको ६०० मेगावाट विद्युतको समयावधि अब बिहान २ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ। यसअघि यो समय बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म सीमित थियो।

नदी तथा खोलानालामा पानीको बहाव बढेसँगै देशभित्रै जलविद्युत उत्पादनमा उल्लेख्य वृद्धि भएको भए तापनि, औद्योगिक मागलाई पूरा गर्न भारतबाटको आयात अझै अपरिहार्य रहेको प्राधिकरणको भनाइ छ।

“हाम्रो पहिलो प्राथमिकता विद्युत आपूर्ति हो, मुनाफा दोस्रो,” प्राधिकरणले स्पष्ट पारेको छ। उद्योगहरूको मागलाई उच्च प्राथमिकतामा राख्दै प्राधिकरणले आवश्यक परेमा अधिकतम दर तिरेर भए पनि विद्युत आयात गर्न तयार रहेको जनाएको छ।

मन्त्रालय, प्राधिकरण र मन्त्री खड्काको व्यक्तिगत सक्रियतामा गरिएको यो कूटनीतिक पहलबाट औद्योगिक क्षेत्रलाई सहज रूपमा कार्य सञ्चालन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। नेपाल सरकारले औद्योगिक उत्पादनलाई गति दिन रणनीतिक उपायहरू अपनाउँदै आएको छ।

नेपाल विद्युत प्राधिकरणले भारत सरकारप्रति सहयोगका लागि आभार प्रकट गर्दै भविष्यमा ऊर्जा क्षेत्रमा दुई देशबीचको सहकार्य अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेको छ।

पर्यटन पूर्वाधार र नीतिगत सुधार कार्यान्वयनमा ढिलाइ हुँदा क्षेत्र प्रभावित : दीपकराज जोशी

पर्यटन पूर्वाधार र नीतिगत सुधार कार्यान्वयनमा ढिलाइ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २३:२९

  काठमाडौं । नेपाल पर्यटन बोर्ड का प्रमुख कार्यकारी अधिकृत...

पर्यटन कथा, संस्कृति र व्यवस्थापनको विषय हो : मन्त्री पौडेल

पर्यटन कथा, संस्कृति र व्यवस्थापनको विषय हो...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:३२

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज...

उद्योगी–व्यवसायीको गुनासो : कर, अनुगमन र अस्थिर नीतिले बजार थलियो

उद्योगी–व्यवसायीको गुनासो : कर, अनुगमन र अस्थिर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २०:२५

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही...

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना सम्पन्न

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना...

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

  काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३

  काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५१

  पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन...