CG Electronics
IME Life
NIMB

पुरानो मेडिकल कलेजमा न्यूरोसर्जरी सेवा पुनः सुरु, २४ सै घण्टा आकस्मिक सेवा उपलब्ध

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा न्यूरोसर्जरी सेवा पुनः सुरु भएको छ। वरिष्ठ न्यूरोसर्जन प्रा. डा. आइप चेरियनको नेतृत्वमा डा. बिपिन चौरसिया सहितको विशेषज्ञ चिकित्सक टोलीले सेवा दिन थालेको हो।

डा. चौरसियाका अनुसार अस्पतालले २४ घण्टा आकस्मिक न्यूरोसर्जरी सेवा र बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म ओपीडी सेवा उपलब्ध गराउनेछ। सवारी दुर्घटनाबाट हुने टाउको र मेरुदण्डको चोटजस्ता आकस्मिक न्यूरो ट्रामा केसहरूमा विशेष प्राथमिकता दिइने जनाइएको छ।

“हाम्रो टोली मस्तिष्कको ट्युमर, मस्तिष्क घात, ब्रेन एन्युरिजम, टाउकोमा पानी जम्ने, मेरुदण्डको ट्युमर वा फ्र्याक्चर, ढाड दुखाइ, खुट्टा झमझमाउने, पक्षाघात जस्ता सम्पूर्ण न्यूरो समस्याको उपचार गर्न सक्षम छ,” डा. चौरसियाले जानकारी दिनुभयो।

यस सेवाबाट चितवन र आसपासका बासिन्दालाई काठमाडौं जानुपर्ने झन्झट हट्ने र स्थानमै गुणस्तरीय न्यूरोसर्जरी सेवा प्राप्त हुने अस्पतालले जनाएको छ।

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...