Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

निजी क्षेत्रको मनोवल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन : अर्थमन्त्री पौडेल

kumari  bank

 

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारले निजी क्षेत्रको मनोवल बढाउने गरी काम गरिरहेको बताएका छन् ।

शनिबार सिंहदरबारमा भएको पूर्व बजेट छलफलमा बोल्दै उनले सरकारले निजी क्षेत्रलाई वेवास्था गर्यो भन्नु गलत भएको भन्दै निजी क्षेत्रको मनोवल बढाउनको लागि काम गरेको बताएका हुन् ।

उनले भने, ‘निजी क्षेत्रको आत्मवल बढाउन सरकार सम्पूर्णरुपमा केन्द्रित छ । सरकारलाई राम्रोसँग हेक्का छ । निजी क्षेत्र जसको अर्थतन्त्रमा ८० प्रतिशत होल्डर रहेको निजी क्षेत्रको मनोवल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन भन्ने ज्ञान सरकारसँग छ ।’

उनले निजी क्षेत्रका मुद्धा सम्बोधन गर्नका लागि नै अध्यादेश मार्फत कानून आएको बताए । ‘हामीले निजी क्षेत्रसँग अत्यन्त, जीवन्त घनिष्ट सहकार्य गरेका छौ दशकदेखि नउठेको मुद्धाहरुलाई सम्बोधन गर्न अध्यादेश मार्फत कानून भइसकेको छ । त्यसको स्रोत निजी क्षेत्र हो । निजी क्षेत्रलाई सरकारले वेवास्था गर्यो भन्ने कुराको कुनै अर्थ छैन,’ उनले भने ।

मन्त्री पौडेलले नेपालमा समाजवाद नभएको र त्यसको लागि सबैभन्दा पहिला देश आर्थिकरुपमा सम्बृद्धि हुनुपर्ने बताए ।

‘नेपालमा समाजवाद छैन । आजै आउदैन पनि त्यो समाजवाद धेरै टाढा छ । नेपाली समाजवादमा सबैभन्दा पहिला देश आर्थिकरुपमा सम्बृद्धि हुनुपर्यो । त्यसका आम नागरिकको समान पहुँच हुनुपर्छ । सबै प्रकारको विभेद अन्त्य हुनुपर्छ,’ उनले भने ।

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री पौडेलले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२८

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२५

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको...

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू...

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले सरकारले नयाँ...

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

वि.सं.२०८२ जेठ १ बिहीवार १३:१७

  काठमाडौं । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद...

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३६

बैशाख ३१, चितवन । डोल्पाको मुड्केचुला गाउँपालिका र चितवनको भरतपुर...

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको ब्यवस्था गर्छौं- उर्जामन्त्री खड्का

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३०

    सिन्धुपालचोक, ३१ वैशाख । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा...