CG Electronics
IME Life
NIMB

पूर्वाधार विकास र नीतिगत स्थायित्वमै समृद्धिको चाबी छ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले साना तथा मझौला उद्योग (एसएमई) प्रवर्द्धन गर्न बजेटमार्फत ठोस नीति ल्याउन सरकारलाई सुझाव दिएका छन्।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल व्यवस्थापक संघद्वारा आयोजित पूर्व–बजेट छलफल कार्यक्रममा बोल्दै श्रेष्ठले नेपालको कुल अर्थतन्त्रमा एसएमईको योगदान महत्वपूर्ण भएपनि तिनको प्रवर्द्धन र संरक्षणमा सरकार उदासीन देखिएको उल्लेख गरे।

“उत्पादन, उत्पादकत्व र रोजगारीमा एसएमईको भूमिका महत्वपूर्ण छ, तर यथोचित प्रोत्साहन नभएकाले ती क्षेत्र असरमा परेका छन्,” श्रेष्ठले बताए। उनले यी उद्योगका लागि सहज ऋण पहुँच, ऋणको नविकरण तथा पुनर्तालिकीकरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

श्रेष्ठले बलियो सरकार बनेको अवस्थामा निजी क्षेत्रले नीतिगत स्थायित्वको अपेक्षा गरेको उल्लेख गर्दै पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनले भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन र ती विमानस्थलहरूबाट आन्तरिक उडान सञ्जाल विस्तारमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

नेपालको झन्डै ४० प्रतिशत अर्थतन्त्र अनौपचारिक रहेको भन्दै श्रेष्ठले यसलाई नियन्त्रण गर्न राज्यले प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनु पर्ने सुझाव पनि दिए।

यस्तै, सरकारले रोजगार दशक घोषणा गरेको सन्दर्भमा उनले उक्त अवधिलाई ‘औद्योगिक दशक’ बनाउने गरी औद्योगिकरणलाई प्राथमिकतामा राख्न सुझाव दिए। “देशबाट युवाको पलायन रोक्न औद्योगिक विकास र रोजगारी सिर्जना अनिवार्य छ,” श्रेष्ठले स्पष्ट पारे।

 

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...