Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

पूर्वाधार विकास र नीतिगत स्थायित्वमै समृद्धिको चाबी छ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले साना तथा मझौला उद्योग (एसएमई) प्रवर्द्धन गर्न बजेटमार्फत ठोस नीति ल्याउन सरकारलाई सुझाव दिएका छन्।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल व्यवस्थापक संघद्वारा आयोजित पूर्व–बजेट छलफल कार्यक्रममा बोल्दै श्रेष्ठले नेपालको कुल अर्थतन्त्रमा एसएमईको योगदान महत्वपूर्ण भएपनि तिनको प्रवर्द्धन र संरक्षणमा सरकार उदासीन देखिएको उल्लेख गरे।

“उत्पादन, उत्पादकत्व र रोजगारीमा एसएमईको भूमिका महत्वपूर्ण छ, तर यथोचित प्रोत्साहन नभएकाले ती क्षेत्र असरमा परेका छन्,” श्रेष्ठले बताए। उनले यी उद्योगका लागि सहज ऋण पहुँच, ऋणको नविकरण तथा पुनर्तालिकीकरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

श्रेष्ठले बलियो सरकार बनेको अवस्थामा निजी क्षेत्रले नीतिगत स्थायित्वको अपेक्षा गरेको उल्लेख गर्दै पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनले भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन र ती विमानस्थलहरूबाट आन्तरिक उडान सञ्जाल विस्तारमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

नेपालको झन्डै ४० प्रतिशत अर्थतन्त्र अनौपचारिक रहेको भन्दै श्रेष्ठले यसलाई नियन्त्रण गर्न राज्यले प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनु पर्ने सुझाव पनि दिए।

यस्तै, सरकारले रोजगार दशक घोषणा गरेको सन्दर्भमा उनले उक्त अवधिलाई ‘औद्योगिक दशक’ बनाउने गरी औद्योगिकरणलाई प्राथमिकतामा राख्न सुझाव दिए। “देशबाट युवाको पलायन रोक्न औद्योगिक विकास र रोजगारी सिर्जना अनिवार्य छ,” श्रेष्ठले स्पष्ट पारे।

 

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ बालबालिकालाई शैक्षिक सामग्री वितरण

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ...

वि.सं.२०८२ मंसिर ३ बुधवार १५:०९

  चितवन । लायन्स क्लब अफ काठमाडौं पद्मपानीको टोलीले दूरदराज...

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:०५

  काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...