NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

शिक्षकहरूसँगको सहमति कार्यान्वयनका लागि आगामी बजेटमा व्यवस्था गर्न सांसद ढकालको आग्रह

NIMB
leapmotornepal (citroen)

 

काठमाडौँ, २३ बैशाख/ प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले आन्दोलनरत शिक्षकहरूसँग सरकारले गरेको सहमति आगामी बजेटमार्फत कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले सरकारले शिक्षकहरूको माग सम्बोधन गर्न मन्त्रिपरिषद्को बैठकबाट आठवटा निर्णय गरी पत्र सार्वजनिक गरिसकेको उल्लेख गर्दै अब त्यसलाई व्यवहारमा उतार्ने समय आएको बताए।

“अहिलेको जनउत्तरदायी सरकारले शिक्षकहरूसँग गरेको सहमति केवल कागजमा सीमित नहोस्,” सांसद ढकालले भने, “आगामी बजेटमै यी सहमतिहरूलाई कार्यान्वयन गर्ने स्पष्ट व्यवस्था हुनुपर्छ।”

उनले विगतमा सरकारले सहमति गर्दा उदारता देखाए पनि कार्यान्वयनमा ढिलाइ हुने गरेको स्मरण गराउँदै अहिले पनि शिक्षकहरूमा संशय कायम रहेको बताए। सहमतिको कार्यान्वयनबाट मात्रै विश्वासको वातावरण बन्ने उल्लेख गर्दै सांसद ढकालले शिक्षकहरूसँग गरिएका प्रमुख सहमतिकाहरूलाई संसदमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराए।

उनले उपचारमा सहुलियत, विद्यालय कर्मचारी र ईसीडी शिक्षकहरूको तलब, अस्थायी शिक्षकहरूको सेवा, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, ग्रेड समायोजन, मर्यादा क्रम, तलब समानता, राहत शिक्षक लगायतका विषयहरूलाई ढिलासुस्ती नगरी तुरुन्त कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे।

सांसद ढकालको भनाइले शिक्षा क्षेत्रको सुदृढीकरण र शिक्षकहरूको हक–अधिकारको संरक्षणमा सरकारको गम्भीर ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...