CG Electronics
IME Life
NIMB

नेपाल एसबीआई बैंकको खाद्य सहायता : मकवानपुरका चेपाङ समुदायलाई सहयोग

NIMB
Himalayan Bank

 

 

काठमाडौं । नेपाल एसबीआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लास्थित चेपाङ समुदायलाई आवश्यक खाद्य सामग्री वितरण गरेको छ।

हेटौंडा उपमहानगरपालिका–१४ र १५ का ६३ परिवारलाई लक्षित गर्दै आयोजित एक औपचारिक कार्यक्रममा बागमती प्रदेशका नेपाल एसबीआई बैंक प्रमुख सुषील राज श्रेष्ठको नेतृत्वमा खाद्य सामग्री प्रदान गरिएको हो। यो कार्यक्रम बैंकको दु:खी र विपन्न समुदायप्रतिको नियमित सहयोग प्रयासको एक भाग हो।

श्रेष्ठले बैंकले निरन्तर रुपमा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब, विपन्न र पछाडि परेका समुदायहरूसँग सहकार्य गर्दै आएको उल्लेख गरे। उनले चेपाङ समुदायका परिवारहरूलाई राहतस्वरूप प्रदान गरिएका खाद्य सामग्रीहरू तिनको दैनिकीमा थोरै भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाल एसबीआई बैंकले ३१ वर्षभन्दा बढीदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवा दिँदै आएको छ र देशभर १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १२५ एटिएम, २२ शाखारहित बैंकिङ एकाइ, ७ क्षेत्रीय कार्यालय र एक मुख्य कार्यालयमार्फत सेवा पुर्‍याइरहेको छ। यही सञ्जालको प्रयोग गरेर बैंकले दुर्गम र सेवा नपुगेका क्षेत्रमा समेत राहत र आवश्यक सामग्री सहजै पुर्‍याउन सकेको हो।

सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले बैंकले भविष्यमा अझ धेरै दु:खी र विपन्न समुदायसम्म पुग्ने योजना बनाएको छ। खाद्य सहायता कार्यक्रमसँगै शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा समेत बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

बैंकको यस्तो प्रयासले सामाजिक उत्तरदायित्वमा लागिपर्ने अरु व्यवसायिक संस्थाहरूका लागि समेत प्रेरणा दिने कार्य गरिरहेको छ। चेपाङ समुदायप्रति देखाइएको यो सहानुभूतिपूर्ण सहयोगले सामाजिक समावेशीता र समानताको दिशामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

 

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...