CG Electronics
IME Life
NIMB

बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त

NIMB
Himalayan Bank

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्व विकास र शान्तिको खोजीमा रहेको भन्दै गौतम बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त हुने बताएका छन् ।

सोमबार बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको यस अवसरमा शान्ति र अहिंसाको माध्यमबाट विकास र समृद्धिको पथमा लम्किरहेका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
उनले आज विश्व शान्ति र अहिंसाको खोजीमा रहेको भन्दै सुन्दर, विशाल र शान्त भूमिमा जन्मिएर गौतम बुद्धले देखाएका सत्मार्गलाई आत्मसाथ गरेर अघि बढ्न सके संसार शान्तिको बाटोमा उभिन सक्ने विश्वास व्यक्त गरे ।

उनको दिव्य ज्ञानलाई विश्वका कुनाकुनामा फैलाउन सके नेपालको मात्र नभई, विश्वकै उन्नति र प्रगति हुने आशा व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले शान्तिका प्रतीकका रूपमा रहेका महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु र यहाँबाट हामीले शान्तिको सन्देश विश्वभर फैलाउन सक्नु हाम्रो गौरवको विषय भएको बताए ।

मुख्यमन्त्री कार्कीले नेपाल बहुजाति, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक मुलुक रहेको स्मरण गर्दै यो विविधता बीचमा बुद्धले हुर्काएको बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति भएको बताए ।

बुद्धको दर्शनलाई हामीले संसारभर फैलाउँदै समृद्धिको यात्रालाई बल पु¥याउन सकिने कार्कीले बताए ।

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...