Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.ब. २०८०/०८१ को २८औं वार्षिक साधारण सभा २०८२ साल बैशाख २८ गते आइतबार, अध्यक्ष श्री मनोहर दास मुलको सभापतित्वमा काठमाडौंको रानीमहल बैकेट, ज्ञानेश्वरमा सम्पन्न भएको छ।

सभामा अध्यक्ष श्री मुलले कम्पनीको आर्थिक तथा व्यावसायिक प्रगतिको विस्तृत विवरण प्रस्तुत गर्दै शेयरधनीहरूलाई जानकारी गराउनुभयो। कम्पनीले उक्त आर्थिक वर्षमा कुल रु. ४.७९ अर्ब बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि भएको हो। यसैगरी, कम्पनीले ३१ प्रतिशतले खुद मुनाफामा वृद्धि गर्दै उल्लेख्य वित्तीय सफलता हासिल गरेको जनाएको छ।

गत वर्षको तुलनामा यस वर्ष बीमा दाबी भुक्तानी पनि बढ्दै रु. २.८३ अर्ब पुगेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले आगामी वर्षहरूमा अझ प्रभावकारी सेवा र प्रतिफल दिने लक्ष्य लिएको बताइएको छ।

सभाले आ.व. २०८०/८१ को वित्तीय विवरण पारित गर्नुका साथै, लेखापरीक्षकको नियुक्ति, १५ प्रतिशत नगद लाभांश वितरण, सञ्चालक समितिको बैठक भत्ता वृद्धि र सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च स्वीकृत गर्ने प्रस्तावहरू पारित गरेको छ।

सभामा १७ जना शेयरधनीहरूले आफ्ना धारणा व्यक्त गरेका थिए।

 

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई मेडिसिटि हस्पिटलमा १० प्रतिशत छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई...

वि.सं.२०८२ असार ३ मंगलवार २३:०५

  काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र...

वि.सं.२०८२ असार ३ मंगलवार २२:१८

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लधुवित्त वित्तिय संस्था...

एभरेष्ट बैंक र चिनो हाइड्रो पावरबीच वित्तीय व्यवस्थापन गर्न सम्झौता

एभरेष्ट बैंक र चिनो हाइड्रो पावरबीच वित्तीय...

वि.सं.२०८२ असार ३ मंगलवार २२:१२

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो...

‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध आन्दोलनको अन्तिम गृहकार्यमा इप्पान

‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध...

वि.सं.२०८२ असार ३ मंगलवार २१:१६

काठमाडौं । स्वतन्त्र उर्जा उत्पाकहरुको संस्था नेपाल इप्पानले सरकारले बजेटमा...

एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय...

वि.सं.२०८२ असार ३ मंगलवार १०:१२

  काठमाडौं । एनएमबि बैंक लि.तथा काङ हाइड्रोपावर कम्पनी लि.बीच...

सिटिजन्स बैंक र द सोल्टी होटल एण्ड रिर्सोटबीच समझदारी

सिटिजन्स बैंक र द सोल्टी होटल एण्ड...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:५७

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित...