CG Electronics
IME Life
NIMB

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

NIMB
Himalayan Bank

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.ब. २०८०/०८१ को २८औं वार्षिक साधारण सभा २०८२ साल बैशाख २८ गते आइतबार, अध्यक्ष श्री मनोहर दास मुलको सभापतित्वमा काठमाडौंको रानीमहल बैकेट, ज्ञानेश्वरमा सम्पन्न भएको छ।

सभामा अध्यक्ष श्री मुलले कम्पनीको आर्थिक तथा व्यावसायिक प्रगतिको विस्तृत विवरण प्रस्तुत गर्दै शेयरधनीहरूलाई जानकारी गराउनुभयो। कम्पनीले उक्त आर्थिक वर्षमा कुल रु. ४.७९ अर्ब बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि भएको हो। यसैगरी, कम्पनीले ३१ प्रतिशतले खुद मुनाफामा वृद्धि गर्दै उल्लेख्य वित्तीय सफलता हासिल गरेको जनाएको छ।

गत वर्षको तुलनामा यस वर्ष बीमा दाबी भुक्तानी पनि बढ्दै रु. २.८३ अर्ब पुगेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले आगामी वर्षहरूमा अझ प्रभावकारी सेवा र प्रतिफल दिने लक्ष्य लिएको बताइएको छ।

सभाले आ.व. २०८०/८१ को वित्तीय विवरण पारित गर्नुका साथै, लेखापरीक्षकको नियुक्ति, १५ प्रतिशत नगद लाभांश वितरण, सञ्चालक समितिको बैठक भत्ता वृद्धि र सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च स्वीकृत गर्ने प्रस्तावहरू पारित गरेको छ।

सभामा १७ जना शेयरधनीहरूले आफ्ना धारणा व्यक्त गरेका थिए।

 

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...