CG Electronics
IME Life
NIMB

बुद्ध जयन्तीमा प्रदेश प्रमुखको आह्वान : अहिंसा, शान्ति र विश्वबन्धुत्वमा अग्रसर बनौं

NIMB
Himalayan Bank

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले २५६९ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली जनता तथा बौद्ध धर्मावलम्बीहरूलाई अहिंसा, शान्ति र मैत्रीको बाटो अँगाल्न आह्वान गरेका छन्।

विश्व शान्तिका अग्रदूत तथा राष्ट्रिय विभूति गौतम बुद्धको शिक्षाले व्याप्त हिंसा, द्वेष र असहिष्णुताको अन्त्य गर्न सक्ने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख मियाँले बुद्धका विचारहरू अझै सान्दर्भिक रहेको उल्लेख गरेका छन्।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो,’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ, ‘बुद्धले दिनुभएको प्रेम, सद्भाव र आत्मीयताको मार्गले व्यक्तिको आध्यात्मिक उन्नति मात्र होइन, सामाजिक एकता र सहअस्तित्वलाई पनि बलियो बनाउँछ।’

बुद्ध जयन्ती बौद्ध धर्मावलम्बीहरूले पूजा, ध्यान, भिक्षादानलगायतका विविध धार्मिक विधिबाट श्रद्धापूर्वक मनाउने परम्परा रहेको प्रदेश प्रमुखको सन्देशमा उल्लेख गरिएको छ।

शुभकामना सन्देशमा उनले समाजमा सहिष्णुता, धार्मिक सहअस्तित्व र राष्ट्रिय एकता कायम राख्न बुद्धका शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्  सन्देशमा प्रदेश प्रमुख मियाँले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण मानवजातिलाई हिंसा र युद्धको बाटो परित्याग गरी अहिंसा, मैत्रता र विश्वबन्धुत्वको मार्गमा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन्।

बुद्ध जयन्तीको उपलक्ष्यमा देशभर सार्वजनिक बिदासहित विविध कार्यक्रमको आयोजना गरी पर्व मनाइँदैछ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...