Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी

काठमाडौँ । पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका अनेकन् आयामहरूलाई समेटेर कला प्रबन्धक (आर्ट क्युरेटर) बुनु ढुङ्गानाले तयार गर्नु भएको ‘पेटका केही कुरा’ (सम थिङ्स इन द बेल्ली) मल्टिमिडिया प्रदर्शनी काठमाडौँमा हुँदैछ। यो प्रदर्शनी काठमाडौँ बबरमहलमा रहेको नेपाल कला परिषद्‌ (आर्ट काउन्सिल) मा १६ मे २०२५ (२०८२ जेठ २) सम्म आयोजना हुनेछ।

यो प्रदर्शनी, ब्रिटिस काउन्सिलको सहयोगमा लक्स (LUX) तथा आर्ट साउथ एसिया प्रोजेक्टले आर्ट एक्सचेन्ज: मुभिङ इमेज साउथ एसिया कार्यक्रम अन्तरगत आयोजना गरेका हुन्।
नेपालका कलाकार तथा कला व्यवसायीहरूका लागि अवसर सिर्जना गर्ने र बेलायतको कला क्षेत्रमा उनीहरूको सम्बन्ध स्थापित गराउने प्रतिबद्धतासँगै ब्रिटिस काउन्सिलले बुनु ढुङ्गानालाई ‘आर्ट एक्सचेन्ज: मुभिङ इमेज साउथ एसिया’ कार्यक्रममा सहभागी हुन सहयोग गरेको थियो।

यो कार्यक्रम अन्तरगत भर्खर काम सुरु गरेकादेखि व्यवसायमा स्थापित हुने क्रममा रहेका भिजुअल आर्ट क्युरेटरहरूलाई सिद्धहस्त व्यवसायीहरूबाट मार्ग निर्देश (मेन्टरशिप), व्यावसायिक विकास, र सञ्जालको विकास (नेटवर्किङ) को अवसर प्रदान गरिएको थियो। बुनु ढुङ्गाना २०२४ नोभेम्बरमा बेलायतमा गएर दक्षिण एसियाली अन्य क्युरेटरहरूसँग अनुसन्धान र नेटवर्किङ कार्यक्रममा सहभागी हुनुभएको थियो। बुनुले बेलायत तथा नेपाली कलाकारहरूको चलायमान कलाकृतिहरू (मुभिङ इमेज) लाई समेट्ने प्रदर्शनी आयोजना गर्न सहयोग प्राप्त गर्नु भएको थियो।

‘पेटका केही कुरा’ (सम थिङ्स इन द बेल्ली) मा समावेश चित्रकला, त्रि-आयाम स्थापना कलाकृति , कविता, छोटो कथा, चलचित्र, चिठ्ठी, र मञ्चनकलाका प्रस्तुतिहरूले चिन्तन, संवाद, र संयोजनको बहुपक्षीय स्थानको सिर्जना गरेका छन्।यो प्रदर्शनीमा आफ्ना सिर्जना मार्फत अस्मिता वादी, श्रद्धा देवकोटा, इरिना गिरी, उज्ज्वला महर्जन, तृप्ति तामाङ पाख्रिन, सृष्टि श्रेष्ठ, प्रतिभा तुलाधर र बेलायतकी रेचल लोवले आफ्ना भावनात्मक तथा सांस्कृतिक आयामहरूको सञ्चार, अनुभूति, र संवाद कसरी गरिन्छ भन्ने प्रतिबिम्बित गरेका छन्। प्रदर्शनीसँगै कलाकारसँगको संवाद, प्रस्तुतिहरू, व्याख्यानहरू, कार्यशाला, मञ्चन र चलचित्र प्रदर्शनहरूको आयोजना गरिएको छ ।

बुनु ढुङ्गानाको यो प्रदर्शनीले पुस्ता, संस्कृति, र अनुभवहरू बिचको बुझाइको सम्भाव्यता र चुनौतीहरूको अन्वेषण गर्छ। परम्परागत संरचनाबाट परिभाषित भूमिकाहरूभन्दा बाहिर हामी कसरी एक अर्कालाई चिन्छौँ? नजिकिन चाहने इच्छालाई स्वीकार गर्दागर्दै एक किसिमको दूरीको आवश्यकतालाई कसरी सम्बोधन गर्ने? यस प्रदर्शनीले यस्ता सम्बन्धहरूको मौन जटिलता र भावनात्मक, सांस्कृतिक र पुस्तागत अन्तरहरू बिचको सेतुको काम गर्ने साझा भाषाको अन्वेषणको चुनौतीहरूलाई प्रस्तुत गरेको छ।

 

 

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई मेडिसिटि हस्पिटलमा १० प्रतिशत छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई...

वि.सं.२०८२ असार ३ मंगलवार २३:०५

  काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र...

वि.सं.२०८२ असार ३ मंगलवार २२:१८

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लधुवित्त वित्तिय संस्था...

एभरेष्ट बैंक र चिनो हाइड्रो पावरबीच वित्तीय व्यवस्थापन गर्न सम्झौता

एभरेष्ट बैंक र चिनो हाइड्रो पावरबीच वित्तीय...

वि.सं.२०८२ असार ३ मंगलवार २२:१२

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो...

‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध आन्दोलनको अन्तिम गृहकार्यमा इप्पान

‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध...

वि.सं.२०८२ असार ३ मंगलवार २१:१६

काठमाडौं । स्वतन्त्र उर्जा उत्पाकहरुको संस्था नेपाल इप्पानले सरकारले बजेटमा...

एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय...

वि.सं.२०८२ असार ३ मंगलवार १०:१२

  काठमाडौं । एनएमबि बैंक लि.तथा काङ हाइड्रोपावर कम्पनी लि.बीच...

सिटिजन्स बैंक र द सोल्टी होटल एण्ड रिर्सोटबीच समझदारी

सिटिजन्स बैंक र द सोल्टी होटल एण्ड...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:५७

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित...