CG Electronics
Ncell NPL
NIMB

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका अनेकन् आयामहरूलाई समेटेर कला प्रबन्धक (आर्ट क्युरेटर) बुनु ढुङ्गानाले तयार गर्नु भएको ‘पेटका केही कुरा’ (सम थिङ्स इन द बेल्ली) मल्टिमिडिया प्रदर्शनी काठमाडौँमा हुँदैछ। यो प्रदर्शनी काठमाडौँ बबरमहलमा रहेको नेपाल कला परिषद्‌ (आर्ट काउन्सिल) मा १६ मे २०२५ (२०८२ जेठ २) सम्म आयोजना हुनेछ।

यो प्रदर्शनी, ब्रिटिस काउन्सिलको सहयोगमा लक्स (LUX) तथा आर्ट साउथ एसिया प्रोजेक्टले आर्ट एक्सचेन्ज: मुभिङ इमेज साउथ एसिया कार्यक्रम अन्तरगत आयोजना गरेका हुन्।
नेपालका कलाकार तथा कला व्यवसायीहरूका लागि अवसर सिर्जना गर्ने र बेलायतको कला क्षेत्रमा उनीहरूको सम्बन्ध स्थापित गराउने प्रतिबद्धतासँगै ब्रिटिस काउन्सिलले बुनु ढुङ्गानालाई ‘आर्ट एक्सचेन्ज: मुभिङ इमेज साउथ एसिया’ कार्यक्रममा सहभागी हुन सहयोग गरेको थियो।

यो कार्यक्रम अन्तरगत भर्खर काम सुरु गरेकादेखि व्यवसायमा स्थापित हुने क्रममा रहेका भिजुअल आर्ट क्युरेटरहरूलाई सिद्धहस्त व्यवसायीहरूबाट मार्ग निर्देश (मेन्टरशिप), व्यावसायिक विकास, र सञ्जालको विकास (नेटवर्किङ) को अवसर प्रदान गरिएको थियो। बुनु ढुङ्गाना २०२४ नोभेम्बरमा बेलायतमा गएर दक्षिण एसियाली अन्य क्युरेटरहरूसँग अनुसन्धान र नेटवर्किङ कार्यक्रममा सहभागी हुनुभएको थियो। बुनुले बेलायत तथा नेपाली कलाकारहरूको चलायमान कलाकृतिहरू (मुभिङ इमेज) लाई समेट्ने प्रदर्शनी आयोजना गर्न सहयोग प्राप्त गर्नु भएको थियो।

‘पेटका केही कुरा’ (सम थिङ्स इन द बेल्ली) मा समावेश चित्रकला, त्रि-आयाम स्थापना कलाकृति , कविता, छोटो कथा, चलचित्र, चिठ्ठी, र मञ्चनकलाका प्रस्तुतिहरूले चिन्तन, संवाद, र संयोजनको बहुपक्षीय स्थानको सिर्जना गरेका छन्।यो प्रदर्शनीमा आफ्ना सिर्जना मार्फत अस्मिता वादी, श्रद्धा देवकोटा, इरिना गिरी, उज्ज्वला महर्जन, तृप्ति तामाङ पाख्रिन, सृष्टि श्रेष्ठ, प्रतिभा तुलाधर र बेलायतकी रेचल लोवले आफ्ना भावनात्मक तथा सांस्कृतिक आयामहरूको सञ्चार, अनुभूति, र संवाद कसरी गरिन्छ भन्ने प्रतिबिम्बित गरेका छन्। प्रदर्शनीसँगै कलाकारसँगको संवाद, प्रस्तुतिहरू, व्याख्यानहरू, कार्यशाला, मञ्चन र चलचित्र प्रदर्शनहरूको आयोजना गरिएको छ ।

बुनु ढुङ्गानाको यो प्रदर्शनीले पुस्ता, संस्कृति, र अनुभवहरू बिचको बुझाइको सम्भाव्यता र चुनौतीहरूको अन्वेषण गर्छ। परम्परागत संरचनाबाट परिभाषित भूमिकाहरूभन्दा बाहिर हामी कसरी एक अर्कालाई चिन्छौँ? नजिकिन चाहने इच्छालाई स्वीकार गर्दागर्दै एक किसिमको दूरीको आवश्यकतालाई कसरी सम्बोधन गर्ने? यस प्रदर्शनीले यस्ता सम्बन्धहरूको मौन जटिलता र भावनात्मक, सांस्कृतिक र पुस्तागत अन्तरहरू बिचको सेतुको काम गर्ने साझा भाषाको अन्वेषणको चुनौतीहरूलाई प्रस्तुत गरेको छ।

 

 

CG Electronics
‘वेब समिट कतार २०२६’ मा एकमात्र नेपाली कम्पनी टिङटिङ : विश्वमञ्चमा नेपालको प्रविधि शक्ति प्रदर्शन गर्दै

‘वेब समिट कतार २०२६’ मा एकमात्र नेपाली...

वि.सं.२०८२ माघ २३ शुक्रवार १७:१७

  काठमाडौ । विश्वकै सबैभन्दा प्रभावशाली प्रविधि सम्मेलन ’वेब समिट...

भिभोको विश्वकप उत्सवः स्मार्टफोन खरिदमा निःशुल्क विश्वकप जर्सी

भिभोको विश्वकप उत्सवः स्मार्टफोन खरिदमा निःशुल्क विश्वकप...

वि.सं.२०८२ माघ २३ शुक्रवार १६:५३

  काठमाडौं। नेपाल – विश्वव्यापी प्रविधि ब्रान्ड भिभोले नेपाली क्रिकेट...

रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त

रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक...

वि.सं.२०८२ माघ २३ शुक्रवार १५:५३

  काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को...

नेपाल एसबिआई बैंक र GIZ नेपालबीच विद्युतीय यातायात प्रवर्द्धनका लागि सम्झौता

नेपाल एसबिआई बैंक र GIZ नेपालबीच विद्युतीय...

वि.सं.२०८२ माघ २३ शुक्रवार १५:३९

  काठमाडौं। माघ ३ — नेपाल एसबिआई बैंक लिमिटेड र...

नबिल इन्भेस्टमेन्ट १६औँ वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न

नबिल इन्भेस्टमेन्ट १६औँ वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्व...

वि.सं.२०८२ माघ २३ शुक्रवार १३:५४

  काठमाडौं। नेपाल - नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले उत्कृष्ट सेवा...

बिएफआईएनद्वारा आयोजित बीमा सम्बन्धी एकदिने कार्यक्रम आज काठमाडौंमा

बिएफआईएनद्वारा आयोजित बीमा सम्बन्धी एकदिने कार्यक्रम आज...

वि.सं.२०८२ माघ २३ शुक्रवार ०८:५२

काठमाडौं । बिएफआईएन नामक संस्थाको आयोजनामा बीमा क्षेत्रसँग सम्बन्धित एकदिने...