CG Electronics
IME Life
NIMB

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा – स्टाइल, शक्ति र स्मार्टनेसको त्रिवेणी

NIMB
Himalayan Bank

काठमाडौं, जेष्ठ ०१– नेपाली स्मार्टफोन बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी ५० लाईट छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसमा समेटिएको बहुप्रयोगी विशेषता, शक्तिशाली प्रदर्शन र प्रिमियम डिजाइनले यो स्मार्टफोनलाई प्रतिस्पर्धात्मक बजारमा अलग पहिचान दिन सक्ने संकेत गरेको छ ।

जानकारीअनुसार, भिभो भी ५० लाईटमा ६५०० एमएएचको ब्लु वल्ट ब्याट्रीे हुनसक्ने चर्चा छ, जसले ९० वाट फ्ल्यास चार्ज सपोर्ट गर्नेछ । यस्तो ब्याट्रीले एकै चार्जमा दिनभर साथ दिनेछ र पावर बैंकको झन्झटबाट छुटकारा दिलाउनेछ । यति शक्तिशाली ब्याट्रीको बाबजुद, यो फोन सिर्फ ७.७९ एम एमको अल्ट्रा–स्लिम प्रोफाइलमा आउने अनुमान गरिएको छ, जसले डिजाइन र शक्तिबीचको सन्तुलन कायम राख्नेछ ।

परफर्मेन्सको कुरा गर्दा, भिभो भी ५० लाईट मा मीडियाटेक डीमेन्सिटी ६३०० वा स्नापड्रागन ६८५ चिपसेट रहने अनुमान गरिएको छ, जस्ले गेमिङ गर्दा होस् वा मल्टिटास्किङ सहज अनुभव प्रदान गर्नेछ । साथै, यसमा कम्प्रेहेन्सिव कुशनिङ्ग डिजाइन, एस जि एस ५ स्टार ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेसन जस्ता टिकाउपन र सुरक्षा सुनिश्चित गर्ने विशेषता समावेश गरिएको चर्चा छ, जस्ले यसको दिगोपन र सुरक्षालाई थप बलियो बनाउनेछ ।

डिजाइन पक्षमा, भिभो भी ५० लाईट ७.७९ एम एमको अल्ट्रा–स्लिम प्रोफाइल मा आउनेछ, जसमा १२० हर्ज अल्ट्रा भिजन पि–ओलेड पञ्च–होल डिस्प्ले, अल्ट्रा–न्यारो बेजल्स र फ्ल्यागशिप लेभल फिनिश हुनेछ । एस जि एस लो ब्लू लाईट सर्टिफिकेसनले आँखाको सुरक्षा सुनिश्चित गर्नेछ भने १८००–निट्सको पिक ब्राइटनेसले बाह्य उज्यालोमा पनि प्रस्ट दृश्य देखिनेछ ।

क्यामेरापक्षमा भिभो भी ५० लाईटमा ५० एम पी सोनी आई एम एस् ८८२ मुख्य क्यामेरा दिइने चर्चा छ, जसको औरा लाईट पोर्टेटसुविधाले कम उज्यालोमा पनि उत्कृष्ट तस्वीर खिच्न सकिनेछ । ३२ एम पी अल्ट्रा क्लियर फ्रन्ट क्यामेरा र एआई ईमेज स्टुडियोमा रहेको एआई ईरेज र एआई फोटो ईनह्यान्स जस्ता स्मार्ट टुल्सले फोटो सम्पादनलाई अझ सहज बनाउनेछन् ।

भिभो भी ५० लाईटका यी सबै विशेषताहरूले नेपाली स्मार्टफोन प्रयोगकर्ताहरूमा उत्साह थपेको छ । यो फोनले शैली, शक्ति र स्मार्ट प्रविधिको त्रिवेणीको रूपमा नेपाली बजारमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा गरिएको छ ।

 

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...