Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

 

गैंडाकोट । भारतको नम्बर १ टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझै मजबुत बनाउँदै गैंडाकोट, नवलपुरमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ। न्यू राजस्थानी मार्बल एण्ड टाइल्स सप्लायर्स द्वारा सञ्चालित यस सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष श्री अमृत भट्टचन ज्यूको उपस्थिति रहेको थियो। साथै, कजारिया रमेश टाइल्स लिमिटेडका क्षेत्रीय सेल्स प्रतिनिधि श्री बिकाश गौतम ज्यूको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनायो। यस अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिले रिबन काटेर यस महत्वपूर्ण विस्तारको शुभारम्भ गर्नुभयो।

समारोहलाई सम्बोधन गर्दै कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय प्रबन्धक श्री अभ्याश भूषण तिवारीले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य भनेको आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र उच्च गुणस्तरका उत्पादनहरू दिनु हो, जसले कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने छ।”

नवलपुर जिल्लाको महत्वपूर्ण क्षेत्र गैंडाकोटमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ। यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ।

प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यस शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।

रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ । यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ ।

 

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१६

  काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६...

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:०८

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत...

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

वि.सं.२०८२ असार ३१ मंगलवार २२:४९

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...