CG Electronics
IME Life
NIMB

ग्लोबल आइएमई बैंक र तिलगंगा सिटी आई सेन्टरबिच सम्झौता, ग्लोबलका ग्राहकलाई स्वास्थ्य सेवामा १५ प्रतिशत छुट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र चुच्चेपाटी चाबहिलस्थित तिलगंगा सिटी आई सेन्टरबिच बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त समझदारीमा बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेल र सिटी आई सेन्टरका प्रमुख कार्यकारी अधिकृत आस्था पन्तले हस्ताक्षर गर्नुभएको छ ।

सहमति अनुसार अस्पतालले बैंकका डेबिट÷क्रेडिट कार्ड एवम् बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई अस्पतालको सेवा उपचारमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गर्नेेछ । आई सेन्टरले बैंकका ग्राहकहरुलाई आई सेन्टरको सामान्य आँखा परीक्षण, डाक्टरद्वारा शिफारिस चश्मा, शल्यक्रिया र थेरापीमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैंकका प्रमुख मार्केटिङ अधिकृत पोखरेलले तिलगंगा आई सेन्टरसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गर्नुभयो । यसैगरी, यस साझेदारी पश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकहरुले एउटै छाना मुनी आँखा सम्बन्धि सम्पूर्ण स्वास्थ्य सेवा सुबिधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पन्तले बताउनुभयो ।

पन्तले यो पहलले पहँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने आई सेन्टरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पार्नुभयो ।
यसरी बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

 

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...