Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल

 

काठमाडौं । बुधबार बसेको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का सम्बन्धमा छलफल भएको छ । अर्थ समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का विषयमा विज्ञ र सरोकारवालासँग छलफल गरेको हो ।

उक्त छलफलमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति कानुन विपरीत गरेको बताएका छन् । उनले नवनियुक्त गभर्नर विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको बताएका हुन् ।

उनले भने, ‘यही समितिको कुरा हो गभर्नर । यही समितिमा म माग गर्दछु संसदीय समिति बनाईयोस् छानविन गराइयोस् । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुन विपरीत नियुक्त गरेको छ । कानुनी रुपमा गभर्नर नियुक्त छ की छैन भनेर छानविन समिति बनाइनुपर्छ ।’

यसैगरी, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले बैंक के को लागि हो भनेर बुझ्नुपर्ने बताएका छन् । उनले नेपालको चलन पैसा भन्ने चिज कसरी आउँछ ? कुन रुपबाट आउँछ ? यसको उपयोग कसरी गर्ने भन्ने कुरामा हामी आफैं कन्फ्युज हुने गरेको बताए ।

उनले भने, ‘हामीले बैंक के को लागि हो भनेर बुझ्नुपर्ने हुन्छ । हाम्रो चलन के छ भन्दा हामीलाई पैसा चाहिएको छ । देश विकास गर्नु पनि छ, तर हामी आफैं कुन रुपमा कन्फ्युज छौं भन्दा पैसा भन्ने चिज कसरी आउँछ ? कुन रुपबाट आउँछ ? यसको उपयोग कसरी गर्ने भन्ने कुरामा हामी आफैं कन्फ्युज छौं ।’

साथै, उनले नेपालमा कानुन बने पनि त्यसको कुनै अर्थ नहुने गरेको बताए । उनले के उदेश्यले बैंक राख्ने, बैंकमा लगानि किन गराउने यो सबै बुझ्न आवश्यक रहेको बताए ।

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण...

वि.सं.२०८२ असार ३ मंगलवार २३:१५

  काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको 'सङ्घीय निजामती सेवाको...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२०

  काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन...

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो...

वि.सं.२०८२ असार १ आइतवार १६:२३

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी...

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ :...

वि.सं.२०८२ असार १ आइतवार १६:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा...

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र...

वि.सं.२०८२ असार १ आइतवार १६:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ...

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न समिति गठन

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न...

वि.सं.२०८२ असार १ आइतवार १४:५९

  काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम–४...