CG Electronics
IME Life
NIMB

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ : कुमार दाहाल

NIMB
Himalayan Bank

 

काठमाडौं । वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले नेपालमा ४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘एमआरपी लागू गर्न सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अनौपचारिक अर्थतन्त्रबाट भएको कारोबार सरकारको करको व्यवस्था भित्र नपर्ने भन्दै नेपालमा ४१ देखी ४५ प्रतिशत अनौपचारिक कारोबार हुने गरेको बताएका हुन् ।

उनले भने, ‘एमआरपीको उद्देश्य भनेको बजारलाई अनौपचारिकबाट औपचारि तर्फ लाने हो । हाम्रो देशमा धेरै प्रतिशत अनौपचारिक अर्थतन्त्र हुन्छ । यो भनेको तीनिहरुले गरेको कारोबार सरकारको करको व्यवस्था भित्र गईरहेको छैन् । भनेपछि ४१, ४५ प्रतिशत करोबार सरकारको करमा गईरहेको छैन् । यो अनौपचारिक अर्थतन्त्र हो ।’

यस्तै, उनले एमआरपीको अभ्यास र इतिहास एक सय वर्ष पुरानो रहेको भन्दै आज आएर व्यापारिहरुले एमआरपीको बारेमा थाहा छैन भन्नु अस्वभाविक भएको बताए ।

उनले भने, ‘अन्तराष्ट्रिय रुपमा एमआरपीको विषयमा कुरा आएको छ । एमआरपी भनेको व्यापारि र उपभोक्ताले देख्ने गरेर राख्ने वस्तुको मूल्य हो । यसको एक सय वर्ष पुरानो अभ्यास र इतिहास छ तर आज आएर हामी एमआरपीको बारेमा थाहा छैन् भन्दै छौँ । एमआरपीभित्र खराब विषय पनि छन् तर खराबभन्दा बढि राम्रा विषय छन् ।’

खुल्ला सिमानालगायतका विभिन्न कारणले गर्दा बजारमा वस्तुको मूल्य निर्धारण गर्न समस्या हुने गरेको पनि उनको भनाई छ ।

सोही कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले कारोना र भूकम्पले संकटमा पर्दै गएको व्यवसायीहरुलाई नियोजित तरिकाले अनेक किसिमको करको भार बोकाउनु गलत भएको भन्दै त्यसको निन्दा गरेका छन् ।

उनले भने, ‘नेपाल सरकारले हरेक विषयमा हामीलाई दिएको ऐन कानूनको दायरामा रहेर हामी व्यापार गरिरहेका छाँै । तर आज सरकारलाई के अनुरोध गर्न चाहान्छु भने आजको यो विसम अवस्थामा, कोरोना र भूकम्पले संकटमा पर्दै गएको व्यवसायीहरुलाई धेरै हिसाबले र नियोजित तरिकाले अनेक किसिमको करको भार बोकाउनु गलत हो र यसको निन्दा गर्न चाहान्छु ।’

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...