Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

भिभोको वाई १९ एस् प्रो नेपालमा सार्वजनिक

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं, जेष्ठ ९ – अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो लोकप्रिय वाई सिरिजलाई थप मजबुत बनाउँदै नयाँ वाई १९ एस् प्रो सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्ताबीच लोकप्रियता कमाउन सफल वाई १९ एस्को सफलता पछि वाई १९ एस् प्रो अझ उन्नत ब्याट्री प्रदर्शन, स्टाइलिश डिजाइन र उपयोगकर्तामैत्री फिचरहरूसहित बजारमा ल्याइएको हो ।

यस नयाँ संस्करणमा ६००० एमएएचको शक्तिशाली ब्याट्री दिइएको छ, जुन लामो समयसम्म बिना झन्झट प्रयोग गर्न सकिने बताईएको छ । ४४ वाट फ्ल्यास चार्ज टेक्नोलोजीले केवल ५० मिनेटमै २०% बाट ८०% सम्म चार्ज गर्न सक्षम बनाउँछ । साथै, ५ वर्षको ब्याट्री हेल्थ सुरक्षा अन्तर्गत, १७०० पटक चार्ज–डिस्चार्ज भए पनि कम्तिमा ८०% क्षमता कायम रहन्छ ।

भिभो वाई १९ एस् प्रोको एन्टी–ड्रप डिजाइन, एसजिएस ५ स्टार ड्रप रेसिस्टेन्स र मिलिट्री ग्रेड सर्टिफिकेशन सहित निर्माण गरिएको छ, जसले दैनिक प्रयोगमा थप विश्वास र सुरक्षा प्रदान गर्छ। यसमा आईपि ६४ प्रमाणित धुलो तथा पानी प्रतिरोध क्षमता रहेको छ, जसले साना पानीका छिटा र धुलो सहज रूपमा सहनसक्ने बनाउँछ ।

भिभो वाई १९ एस् प्रो मा ६.६८ इन्चको हाई–ब्राइटनेस डज डिस्प्ले दिइएको छ, जुन ९० हर्ट्ज रिफ्रेश रेट र १००० निट्स पीक ब्राइटनेस सहित आएको छ । यसले उज्यालो घाममा पनि स्क्रिन स्पष्ट देख्न मद्दत गर्छ। साथै, टीयूभी राइनल्याण्ड लो ब्लू लाइट सर्टिफिकेसनले लामो प्रयोगपश्चात पनि आँखा थकान कम गर्छ। डुअल स्टीरियो स्पिकरले आवाजलाई ३००% सम्म बढाएर प्रयोगकर्तालाई जीवन्त अडियो अनुभव प्रदान गर्छ। फोटोग्राफीप्रेमीहरूका लागि, ५० एमपी एचडी मुख्य क्यामेरा सहितको सेटअपले सामान्य, पोट्र्रेट वा कम प्रकाशमा पनि उत्कृष्ट तस्बिर खिच्न सक्षम बनाउँछ ।

डिजाइनमा पनि भिभोले पुन एकपटक उत्कृष्टता प्रस्तुत गरेको छ । ‘डाईनामिक लाईट’ नामक इनोभेटिभ एलिमेन्ट क्यामेरा मोड्युलमा समावेश गरिएको छ, जसले चार्ज हुँदै गर्दा, फोन कल आउँदा, गेमिङ वा फोटो खिच्दा सटल लाईट इफेक्ट्स देखाउँदै फोनलाई अझ स्टाइलिस बनाउँछ । भिभो वाई १९ एस् प्रो दुई आकर्षक रङ भेरियन्टहरूमा उपलब्ध छ, पर्ल सिल्भर र डायमण्ड ब्लयाक ।

यो स्मार्टफोन जेष्ठ ११ गतेदेखि देशभरका अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन मार्फत् मात्र रु २०,९९९ मा उपलब्ध हुनेछ । शक्ति, स्टाइल र भरपर्दो टिकाउपन एकैसाथ खोज्ने प्रयोगकर्ताहरूका लागि भिभो वाई १९ एस् प्रो एक उपयुक्त विकल्प बन्नेछ ।

 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:३७

  १ मंसिर, काठमाडौं — आइएमई डिजिटल सोलुसन लिमिटेड र...

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर घोषणा

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:२८

  काठमाडौं, नेपाल — एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपालको...

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:११

  काठमाडौँ। रेमिटेन्स तथा मनि ट्रान्सफर व्यवसाय सञ्चालन गर्ने कम्पनीहरू...