एन आइसि एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Sunday May 25, 2025
वि.सं.२०८२ जेठ ११ आइतवार २१:४३

काठमाडौं । एन आइसि एसिया लघुवित्त वित्तीय संस्थाले बागमती, कोशी र सुदुर पश्चिम प्रदेशका विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रम बागमती प्रदेशको सिंगटि शाखा, कोशी प्रदेशको धाइजन शाखा तथा सुदुर पश्चिम प्रदेशको कलुवापुर शाखामा सम्पन्न भएका हुन्।
उक्त कार्यक्रममार्फत सिंगटि शाखाबाट ३१ जना, धाइजन शाखाबाट ७० जना तथा कलुवापुर शाखाबाट ३८ जना गरी कुल १३९ जना सदस्यहरू प्रत्यक्ष लाभान्वित भएका छन्।
संस्थाले ग्रामीण भेगका विपन्न वर्गका सदस्यहरूलाई वित्तीय पहुँचमा सहजता प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रम गर्दै आएको हो। कार्यक्रममा प्रदेश प्रमुखदेखि शाखा प्रमुखसम्मको सक्रिय सहभागिता थियो। उनीहरूले बचतको महत्त्व, कर्जाको उचित प्रयोग र त्यसबाट आर्थिक जीवनस्तरमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने विषयमा जानकारी दिएका थिए।
कार्यक्रममा सहभागीहरूले प्राप्त ज्ञानले आफ्नो दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। एन आइ सि एसिया लघुवित्तले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।