CG Electronics
IME Life
NIMB

पाकिस्तान राजदूतावासद्वारा आयोजित निबन्ध र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। पाकिस्तान राजदूतावास, काठमाडौंले १२औँ वार्षिक “पाकिस्तानका राजदूत निबन्ध लेखन प्रतियोगिता” र ८औँ वार्षिक “पाकिस्तानका राजदूत वक्तृत्वकला प्रतियोगिता” आयोजना गरेको छ। कार्यक्रममा मधेसी आयोगका संस्थापक प्रमुख आयुक्त डा. विजय कुमार दत्त प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

यस वर्षको निबन्ध प्रतियोगिताको शीर्षक “कृत्रिम बुद्धिमत्ता र मानवताको भविष्य” रहेको थियो। उक्त प्रतियोगितामा विश्व नेकटन माध्यमिक विद्यालयका प्रतिक पोखरेल प्रथम, आयुष शाह द्वितीय, र सन्त जोसेफ इङ्लिस एकेडेमीका सञ्जोक मगर तृतीय भएका छन्। विजेताहरूलाई क्रमशः सुन, चाँदी र कांस्य पदकसहित स्मृतिचिन्ह र नगद पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने थप १० विद्यार्थीलाई पनि विशेष नगद पुरस्कार दिइएको छ।

यसै गरी, “पुस्तक वा प्रविधि: शिक्षाको भविष्य” विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा पोखरा इन्स्टिच्युट अफ फरेष्ट्री, त्रिभुवन विश्वविद्यालयकी प्राप्ति लम्साल प्रथम, शिवपुरी कलेज, काठमाडौंकी रित काफ्ले द्वितीय, र सेन्ट जेभियर्स स्कुल, जावलाखेलका रितेश देव तृतीय भएका छन्। उनीहरूलाई पनि पदक, स्मृतिचिन्ह र नगद पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट १२ विद्यार्थीलाई थप विशेष पुरस्कार प्रदान गरिएको छ।

४० भन्दा बढी उच्च माध्यमिक विद्यालय र विश्वविद्यालयका नेपाली विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको यी प्रतियोगिताहरू दुई साता लामो चरणबद्ध प्रक्रियाबाट सम्पन्न भएका थिए।

समापन समारोहमा प्रमुख अतिथि डा. विजय कुमार दत्तले शिक्षा, स्वास्थ्य तथा समुदाय विकासमा पाकिस्तानको निरन्तर सहयोगको प्रशंसा गर्दै युवाहरूलाई साझा मूल्य र विश्व नागरिकताको भावना विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाशमीले विद्यार्थीहरूको समसामयिक विषयमा आलोचनात्मक सोचप्रति प्रशंसा जनाउँदै यस्ता कार्यक्रमहरूले दुई देशका युवाबीच समझदारी र मित्रता प्रवर्द्धन गर्ने बताए।

यी प्रतियोगिताहरू अघिल्ला ८ र १२ वर्षदेखि नियमित रूपमा आयोजना हुँदै आइरहेका छन् र नेपाली युवाहरूबीच अत्यन्त लोकप्रिय छन्।

Nepal SBI Bank Ltd. Celebrated International Yoga Day 2026

Nepal SBI Bank Ltd. Celebrated International Yoga...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२०

21st June 2026, Sunday, Kathmandu-Nepal SBI Bank Ltd. (NSBL) marked...

Himstar Becomes Co-Sponsor of FIFA World Cup 2026 Broadcast in Nepal

Himstar Becomes Co-Sponsor of FIFA World Cup...

वि.सं.२०८३ असार ६ शनिवार १६:५३

Kathmandu: Himstar, a well-known electronics brand in Nepal with a...

Nepali MMA Fighter Koshish Shrestha to Represent Delhi Team in India’s International Fight League

Nepali MMA Fighter Koshish Shrestha to Represent...

वि.सं.२०८३ असार ६ शनिवार १६:०६

Kathmandu, Nepal: Nepali mixed martial arts (MMA) athlete Koshish Shrestha...

Classic Design Takes Home the “Oscar of Design” – iCAUR Super V23 Wins Red Dot Award: Design Concept 2026

Classic Design Takes Home the “Oscar of...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:१६

  Kathmandu, Nepal – The iCAUR Super V23 has been...

Pakistan Honors Over 200 Nepali Students with Scholarships in Kathmandu

Pakistan Honors Over 200 Nepali Students with...

वि.सं.२०८३ असार ३ बुधवार २२:१९

  Kathmandu, June 17, 2026 — The Embassy of Pakistan...

Why “Bank Investment in Education Sector” Remains Restricted in Nepal

Why “Bank Investment in Education Sector” Remains...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०७

For a nation aiming toward structural development, bank investment in...