CG Electronics
Ncell NPL
NIMB

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच सहकार्यका हुने

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

महासंघ सचिवालयमा भएको भेटवार्तामा विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सीप विकास, र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन गर्न सकिने लगायतका विषयमा छलफल भएको थियो ।
यस्तै महासंघ र विश्वविद्यालय बीच पाठ्यक्रम विकास, तालिम कार्यक्रम, र संयुक्त परियोजनाहरूको सम्भाव्यताका विषयमा थप छलफल गर्ने समझदारी भएको छ ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले यो सहकार्यले निजी क्षेत्र र शैक्षिक संस्थाहरूबीचको खाडललाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । “उद्योग–व्यवसायले चाहेको दक्ष जनशक्ति उत्पादन गर्न र युवाहरूलाई रोजगारीका अवसरहरू प्रदान गर्न यो सहकार्य फलदायी हुनेछ । यस्तो सहकार्यका लागि हामी सकारात्मक नै छौं । ” उहाँले भन्नुभयो ।

विश्वविद्यालका कुलपति डा. विन्दुनाथ लोहनीले यो सहकार्यले नेपालको शैक्षिक प्रणालीलाई विश्व बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । “हाम्रो लक्ष्य विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक सीप र उद्यमशीलताको भावना प्रदान गर्नु हो । महासंघसँगको सहकार्यले त्यो लक्ष्य प्राप्तिमा ठूलो योगदान दिनेछ भन्ने हाम्रो विश्वास हो ।” डा. लोहनीले भन्नुभयो ।

यस्तै विश्वविद्यालयका उपकुलपति डा. अर्जुन कार्कीले सीपयुक्त, दक्ष र गुणस्तरिय जनशक्ति उत्पादन विश्वविद्यालयको मुख्य उद्धेश्य रहेको उल्लेख गर्दै त्यसको लागि महासंघसंगको सहकार्य आवश्यक रहेको बताउनु भयो ।

सो अवसरमा दुवै पक्षले संयुक्त अनुसन्धान र नवप्रवर्तन,उद्यमशीलता विकास विद्यार्थीको इन्टर्नशिप र रोजगारीका अवसरहरू सिर्जना जस्ता विषयमा सहकार्य गर्न सकिने कुरामा जोड दिएका थिए ।

CG Electronics
काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ साधारण सभा सम्पन्न

काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ...

वि.सं.२०८२ माघ २ शुक्रवार २३:५६

  काठमाडौँ। काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ वार्षिक...

तारागाउँ नेक्स्ट पुनः सञ्चालनमा, प्रदर्शनी, फिल्म र अन्य कार्यक्रमको तालिका सार्वजनिक

तारागाउँ नेक्स्ट पुनः सञ्चालनमा, प्रदर्शनी, फिल्म र...

वि.सं.२०८२ माघ १ बिहीवार २३:०१

  काठमाडौँ । बौद्धस्थित समसामयिक कला केन्द्र तारागाउँ नेक्स्ट तीन...

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन सुस्त, नीतिगत र व्यावहारिक जटिलता कायमै

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन सुस्त, नीतिगत र...

वि.सं.२०८२ पुस ३० बुधवार १७:३४

काठमाडौँ, पुस ३० । सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझै पूर्ण...

बागमती प्रदेशमा नेवारी र तामाङ भाषाको कार्यान्वयनबारे फोनिज संवाद कार्यक्रम हुँदै

बागमती प्रदेशमा नेवारी र तामाङ भाषाको कार्यान्वयनबारे...

वि.सं.२०८२ पुस २९ मंगलवार २१:५२

  काठमाडौं।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

आदिवासी जनजाति आन्दोलनको समिक्षा आवश्यक, नेफिनको ११औँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह

आदिवासी जनजाति आन्दोलनको समिक्षा आवश्यक, नेफिनको ११औँ...

वि.सं.२०८२ पुस २९ मंगलवार २१:३०

  काठमाडौं । आदिवासी जनजाति आन्दोलनले नेपालमा संघीयता, गणतन्त्र, समावेशिता...

बाघझोरा समस्याको दीर्घकालीन समाधानमा सांसद बर्तौलाको पहल

बाघझोरा समस्याको दीर्घकालीन समाधानमा सांसद बर्तौलाको पहल

वि.सं.२०८२ पुस २९ मंगलवार १८:५८

  हेटौँडा । मकवानपुर–२ का प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले त्रिभुवन...