CG Electronics
IME Life
NIMB

बजेटबारे व्यवसायी : सन्तुलित, अलिकति महत्वकांक्षी र विकासोन्मुख छ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सरकारले सार्वजनिक गरेको बजेटमा व्यवसायीहरले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

आर्थिक वर्ष २०८२।०८३ को लागि आएको बजेट वर्तमान आर्थिक समस्याको समाधान गर्ने, व्यवसायीलाई प्रोत्साहन गर्ने, व्यापार सहजीकरण गर्ने, औद्योगिक लगानी प्रवद्र्धन गर्ने दिशातर्फ बजेट केन्द्रीत रहेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताएका छन् ।

उनका अनुसार सरकारले विगतमा जस्तो नसक्ने योजनाहरुलाई वर्तमान बजेटमा राखेको छैन् ।
उनले भने, ‘बजेट वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्राथमिकतामा राखेर प्रयासरत भएको देखिन्छ ।

व्यवसायीलाई प्रोत्साहन गर्ने, व्यापार सहजीकरण गर्ने, औद्योगिक लगानी प्रवद्र्धन गर्ने दिशातर्फ बजेट केन्द्रीत छ । विगतमा जस्तो सरकारले नसक्ने योजनाहरुलाई यसपटक बजेटमा राखेको छैन् । जस्तो तीन करोडभन्दा सानो योजना बजेटमा देखिएको छैन् ।’
यस्तै, उनले बिसम परिस्थितीमा आएको बजेट भएपनि सन्तुलित, अलिकति महत्वकांक्षी र विकासमुखी रहेको बताए ।

उनले भने, ‘अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट समग्रमा हेर्दा सन्तुलित बजेट हो । अलिकति महत्वकांक्षी र विकासोन्मुख पनि छ । यो बजेट एउटा त विषम परिस्थितीमा आएको छ । एकातर्फ साढे दुई वर्षदेखि निजी क्षेत्र आर्थिक अस्थिरताबाट गुज्रिरहेको छ भने अर्कोतर्फ सरकारको राजस्व पनि न्यून हुदैँ गइरहेको छ र सरकारको सार्वजनिक दायित्वहरु पनि बढ्दो क्रममा आएको बजेट सन्तुलित छ ।’

उनले आइटी र पर्यटनको क्षेत्रलाई प्राथमिकतामा राखेको, डिजिटल भुक्तानीको कुरा समेटिएको, होटल एवम उद्योगको कर सम्बन्धी समस्या समाधान भएको र वन क्षेत्रको सदुपयोग गर्नको लागि आवश्यक रणनीति तर्जुमा गरेर आर्थिका विकासको लागि वनको पनि भूमिका हुने खालको विषय बजेटमा आएको बताए ।

राजस्वको लक्ष्य भने पूरा हुन सक्छ कि सक्दैँन् भन्ने प्रश्न भने उठेको उनको भनाई थियो ।
यस्तै अर्का व्यवसायी दिपक मल्होत्राले अर्थतन्त्र चलाएमान बनाउनको लागि रियलस्टेटको क्षेत्र फस्टाउन पर्ने सुझावलाई बजेटमा राखिएको भन्दै रियलस्टेट व्यवसायलाई चलायमान गर्न बजेटले एकदमै मद्दत पु¥याउने बताए ।

उनले भने, ‘बजेट एकदमै राम्रो छ । सबै निजी क्षेत्रको समस्याहरु वा अधिकांश कुराहरु बजेटले समेटेको छ । चेम्बरले राखेका ७० एवम ८० प्रतिशत सुझावहरु बजेटमा आएका छन् । हामीले राखेको महत्वपूर्ण कुरा भनेको अर्थतन्त्र चलाएमान बनाउनको लागि रियलस्टेटको क्षेत्र फस्टाउनपर्ने कुरा थियो । र रियलस्टेट व्यवसायलाई चलायमान गर्न बजेटले एकदमै मद्दत पु¥याएको छ ।’
कृषिको लागि मनग्य बजेट विनियोजन नगरे पनि अहिलेको आर्थिक मन्दीको अवस्थामा कृषिलाई प्राथमिकता भने दिइएको व्यवसायी कृष्णमान श्रेष्ठले बताएका छन् ।

उनले भने, ‘सरकारले ल्याएको बजेटमा कृषि, उद्यम, कृषि पेशामा लाग्ने र किसानका लागि केही सम्बोधन गरिएको अवस्था छ । अब कार्यान्वयन जरुरी छ । त्यसो भयो भने कृषि क्षेत्रले फड्को मार्नेछ । तर कार्यान्वयन गर्नको लागि कन्जुसाई गरियो भने कृषकहरु मर्कामा पर्न सक्नेछन् । कृषिको लागि मन फुकाएर मनग्य बजेट विनियोजन गरेको भने देखिएको छैन् । तैपनि अहिलेको आर्थिक मन्दीको अवस्थामा कृषिलाई प्राथमिकता भने दिइएको छ ।’

विहीबार मात्रै अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट पेश गरेका हुन् ।

अर्थमन्त्री पौडेलका अनुसार आगामी आर्थिक वर्षमा चालुतर्फ ११ खर्ब ९० अर्ब ९८ करोड (६०.१ प्रतिशत), पुँजीगततर्फ चार खर्ब सात अर्ब ९९ करोड २०.८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ७५ अर्ब २४ करोड १९.१ प्रतिशत खर्च हुने अनुमान गरिएको पनि सुनाएका थिए ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...