Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

बजेट लगानीमैत्री, कार्यान्वयनमै भर पर्छ: व्यवसायी मल्होत्रा

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्तुत गरेको बजेटलाई सकारात्मक रूपमा स्वागत गरेका छन् । उनले बजेटलाई लगानीमैत्री, व्यवसाय प्रोत्साहनमुखी, र नीति स्थायित्वमा केन्द्रित रहेको बताए ।

मल्होत्राका अनुसार सरकारले प्रस्तुत गरेको बजेटले निजी क्षेत्रका करिब ७०–८० प्रतिशत माग समेटेको छ । उनले भने, “बजेट एकदमै राम्रो छ । सबै निजी क्षेत्रका समस्या वा अधिकांश माग बजेटले सम्बोधन गरेको देखिन्छ ।”

विशेषतः रियलस्टेट क्षेत्रको सशक्तिकरणतर्फ सरकारले चालेको कदमलाई मल्होत्राले सकारात्मक संकेतका रूपमा व्याख्या गरे । उनले बताएअनुसार, निजी क्षेत्रको साझा धारणा अनुसार रियलस्टेट क्षेत्रमा जीवन्तता ल्याउन स्पष्ट नीति तय गरिएको छ । “हामीले चेम्बरमार्फत अर्थतन्त्र सक्रिय बनाउन रियलस्टेट प्रवर्द्धनको माग गरेका थियौं, जुन बजेटमा समेटिएको छ,” उनले स्पष्ट पारे ।

त्यसैगरी, उनले बजेटले दीर्घकालीन नीति स्थायित्वको आवश्यकता बुझेर त्यसतर्फ पहल गरेको भन्दै सरकारको प्रयासको प्रशंसा गरे । “निजी क्षेत्रले स्थिर नीतिको अपेक्षा गरेको थियो, बजेटमा त्यसको संकेत देखिन्छ,” उनले बताए ।

यद्यपि, मल्होत्राले बजेटको सफलताको प्रमुख पक्ष यसको कार्यान्वयनमा निर्भर हुने उल्लेख गरे । “नीति मात्रै हैन, त्यसको प्रभावकारी कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने बेला आएको छ,” भन्दै उनले सरकारलाई दृढ कार्यान्वयन प्रतिबद्धता देखाउन सुझाव दिए ।

अन्त्यमा, उनले नीति स्थायित्व र प्रभावकारी कार्यान्वयनको अभाव भएमा बजेटका लक्ष्यहरू प्राप्त गर्न कठिन हुने चेतावनी दिंदै सरकारलाई जिम्मेवार बन्न आह्वान गरे ।

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...