CG Electronics
IME Life
NIMB

राष्ट्रिय युवा उद्यमी सञ्जाल गठन, अध्यक्षमा सुशील पराजुली चयन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय युवा परिषद्ले देशभरका युवा व्यवसायीहरूलाई एउटै संरचनामा आबद्ध गर्दै ‘राष्ट्रिय युवा उद्यमी सञ्जाल’ गठन गरेको छ ।

सञ्जालको उद्देश्य युवा उद्यमशीलता प्रवद्र्धन गर्नु, नीति निर्माण प्रक्रियामा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्नु र व्यावसायिक गतिविधिमा संलग्न युवाहरूबिच सहकार्यको वातावरण तयार गर्नु रहेको छ ।

गठन भएको सञ्जालको अध्यक्षमा सुशील पराजुली सर्वसम्मत चयन भएका छन् । पराजुली विगत लामो समयदेखि ई–कमर्स क्षेत्रमा संलग्न व्यवसायी हुन् । साथै, उनले भिडियो निर्माण कम्पनीको स्थापना गरेका छन् र डिजिटल मार्केटिङ अभियानमार्फत युवाको स्वरलाई प्रवद्र्धन गर्दै आएका छन् ।

अध्यक्षमा चयनपछि पराजुलीले युवाको व्यावसायिक संघर्षलाई संस्थागत आवाज दिने र देशभित्रै अवसर सिर्जना गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।उनले भने, ‘व्यवसाय केवल पैसा कमाउने माध्यम होइन, यो राष्ट्र निर्माणको एउटा बलियो खम्बा हो। अब समय आएको छ, हामी युवाले नीति बनाउने तहमा पुगौं ।’

सञ्जालमा तीन उपाध्यक्षहरू चयन भएका छन्। ई–कमर्स क्षेत्रमा सक्रिय युवा व्यवसायी राजकुमार अधिकारी, होटल तथा होस्टल व्यवसायमा क्रियाशील उद्यमी मनिष जङ्ग शाही, र शैक्षिक परामर्श, भाषा तालिम तथा ट्राभल कम्पनी सञ्चालन गर्दै आएका सुदीप राज पुरी उपाध्यक्ष पदमा चयन भएका हुन् ।

त्यस्तै, सचिव पदमा शिक्षा परामर्श क्षेत्रमा संलग्न आदर्श दाहाल चयन भएका छन् । दाहाल युवामाझ नेतृत्वदक्षता र सक्रियताका लागि परिचित छन् । सह–सचिवमा अनुज धिताल, कोषाध्यक्षमा सर्मीला खनाल र सह–कोषाध्यक्षमा सुरेन्द्र अधिकारी चयन भएका छन् ।
सञ्जालको कार्यसमितिमा सदस्यका रूपमा संकर खनाल, राज तामाङ, सन्दिप केसी, इन्दिरा लोहनी, सुरेन्द्र गुरुङ, रबिन शाह, रेसम कट्वाल र कल्पना बराल रहेका छन् ।

सञ्जालको कार्यकाल दुई वर्षको रहनेछ । सञ्जाल गठन तथा पदाधिकारी चयनको अवसरमा आयोजित समारोहमा राष्ट्रिय युवा परिषदका बोर्ड सदस्य विनोद कुमार शाही, प्रमुख प्रशासनिक अधिकृत गेहनाथ गौतम, उपसचिव चन्दा थापा, शाखा अधिकृत रमेश भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...