CG Electronics
IME Life
NIMB

क्यालगरीमा सगरमाथा दिवस भव्यताका साथ सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । क्यानडा स्थित क्यालगरी शहरमा मे २८ २०२५ का दिन सगरमाथा दिवस विशेष कार्यक्रम को आयोजना गरि मनाइयो । अल्बर्टा नेपाल च्याम्बर अफ कमर्स को मुख्य संयोजकत्व र क्यालगरी स्थित नेपाली सामुदायिक संस्था एन सी एस सी एवं गैर आवासीय नेपाली संघ क्यानडा को समेत संग संयोजन गरि उक्त कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम को अध्यक्षता च्याम्बर का अध्यक्ष समीर पाण्डे ले गर्नु भएको थियो भने कार्यक्रम को संचालन च्याम्बर का सचिव किरण खरेल ले गर्नु भएको थियो। कार्यक्रम का मुख्य अतिथि डेभ रोड़्नी तथा मींग्मा तेन्जींग शेर्पा रहनु भएको थियो। २ पटक सगरमाथा आरोहण गरि सक्नु भएका रोड़्नी अल्बर्टा नेपाल च्याम्बर अफ कमर्स का विशेष सल्लाहकार समेत हुनु हुन्छ। रोड्नी अल्बर्टा प्रान्त को पटक पटक निर्वाचित सांसद र प्रान्तीय मन्त्री को भूमिका समेत निर्वाह गरि सक्नु भएको छ।

कार्यक्रम मा रोड्नी ले आफू सगरमाथा आरोहण गर्दा को अनुभव सहीत को प्रेरणा दायक प्रस्तुति सहीत को शब्द चित्र समेत प्रस्तुत गर्नु भएको थियो। कार्यक्रम का अर्का आकर्षण को रुपमा उपस्थित मींग्मा शेर्पा सगरमाथा आरोही हुनु हुन्छ । उहाले कार्यक्रम मा हिमलय क्षेत्र को महत्व र आरोहण का बारेमा विचार राख्नु भएको थियो। नेपाल र क्यानडा दुबै देशका राष्ट्रीय गान बाट कार्यक्रम को शुभारंभ भएको थियो भने नेपालको सांगीतिक प्रस्तुति पनि पस्किइएको थियो। कार्यक्रम का अतिथि हरुलाई च्याम्बरका संचालक ध्रुब राइले खादा पहिर्याउनु भएको थियो भने च्याम्बर का अध्यक्ष समीर पांडे ले खादा सहीत सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रम मा क्यानडा स्थित नेपाली राजदूत महामहिम भरतराज पौडेल ज्यू ले पठाउनु भएको शुभकामना सन्देश भिंडियों मार्फत प्रस्तुत गरिएको थियो। त्यसै गरि नेपाल टुरिजम बोर्ड का तर्फबाट लक्ष्मण गौतम, ट्रकिंग एजेन्सी अफ नेपाल (टान) का तर्फबाट रामचन्न्द्र सेढांई तथा त्रिभुवन विश्व विद्यालय पर्यटन तथा आतिथ्य सत्कार विभाग बाट डा. पशुपति नेउपाने ज्यू बाट प्राप्त शुभकामना सन्देश हरु भिडियो मार्फत प्रस्तुत गरिएको थियो।

नेपाल स्थित यी तिनै संस्था तथा निकाय र अल्बर्टा नेपाल च्याम्बर अफ कमर्स बिच सहकार्यका लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भइ सकेको छ र नेपाल स्थित यी संस्था हरु र अल्बर्टा च्याम्बर मिलेर नेपाल को पर्यटन प्रबर्दन कार्यमा सहकार्यको शुरुवात भइ सकेको छ।

कार्यक्रम मा क्यालगरी स्थित नेवा: समाज , तामंग समाज, मगर समाज तथा सिनियर सोसाइटी अफ क्यालगरी (टस) का प्रतिनिधि हरु को पनि उपस्थिति रहेको थियो। कार्यक्रम मा च्याम्बर का अध्यक्ष ले पाहुना हरुलाई स्वागत गर्नु भएको थियो। एन सी एसी का अध्यक्ष प्रकाश बस्याल , गैर आवासीय नेपाली संघ का अध्यक्ष माधव दुलाल ले मन्तव्य राख्नु भएको थियो। नेपाली मेला २०२५ का संयोजक श्रीकान्त अर्याल ले कार्यक्रम मा शुभकामना मन्तब्य राख्नु भएको थियो। च्याम्बरका उपाध्यक्ष दिवस ढकालले नेपाल स्थित हिमालय क्षेत्र र विशेष गरि सगरमाथा को ऐतिहासिक महत्व सहितको प्रस्तुतीकरण गर्नु भएको थियो।

कार्यक्रम को प्राविधिक संयोजन च्याम्बर का संचालक बिक्रम अधिकारी ले गर्नुभएको थियो भने ब्यवस्थापकिय ज़िम्मेवारी को भूमिका च्याम्बरका कोषाध्यक्ष अनन्त आचार्य ले निभाउनु भएको थियो। एन सी एस सी का सचिव घनेन्द्र नेउपाने ले आमंत्रित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...