Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

समग्र अर्थतन्त्र चलायमान बनाउन गृहकार्य गर्दै छौं : गर्भनर

 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले समग्र अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले गृहकार्य गरिरहेको बताएका छन् ।

बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ लाई संसोधन गर्न बनेको विद्येयकका सम्बन्धमा अर्थमन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंक बिच सोमबार अर्थ समितीमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

ठुलो मात्रामा विदेशी रकम सञ्चीत हुँदा तरलता थुप्रिएको र अर्थतन्त्रमा त्यसले प्रभाव पारेको बताउँदै उनले आगामी दिनमा सबैभन्दा तल्लो बर्गलाई ऋण उपलब्ध गराउने र त्यसले केहि हदसम्म अर्थतन्त्र गतिशील हुन सहयोग गर्नसक्ने धारणा व्यक्त गरे । उनका अनुसार यतिबेला नेपालमा करिब १७÷१८ अर्ब डलर विदेशी मुद्रा संञ्चीत रहेको छ ।

‘एकै व्यक्ति वा संस्थाले ठुलो मात्रामा ऋण पाउनु भन्दा सोहि ऋण धेरै जनाले पाउँदा पनि अर्थतन्त्र अझ बढी चलायमान हुन्छ । त्यसलै सबैभन्दा तल्लो बर्गले पनि ऋण पाओस भन्ने हाम्रो मनशाय हो,’ छलफलमा बोल्दै उनले भने । त्यस्ता बर्गको अवस्था बुझ्न आफु केहि दिन पश्चिम नेपालको भ्रमणमा जान लागेको समेत उनले उल्लेख गरे ।

यतिबेला अधिकांश व्यवसाय राम्रोसँग नचलेको उदाहरण दिंदै उनले सोहि कारण खराब ऋण बढ्दै गएको बताए । खराब ऋण बढ्नै जानुको मुख्य कारण अझैंपनि नेपालमा उद्यमशिलता बलियोगरी स्थापित नहुनुले भएको उनको भनाई छ । व्यवसायी असफल हुँदा खराब ऋण बढ्ने र त्यसले समग्र अर्थतन्त्रमा असर गर्ने बताउँदै उनले खराब ऋणलाई कम गर्ने र समग्र अर्थतन्त्र चलायमान बनाउन आफुले गृहकार्य गरीरहेको बताएका हुन् ।

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण...

वि.सं.२०८२ असार ३ मंगलवार २३:१५

  काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको 'सङ्घीय निजामती सेवाको...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२०

  काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन...

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो...

वि.सं.२०८२ असार १ आइतवार १६:२३

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी...

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ :...

वि.सं.२०८२ असार १ आइतवार १६:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा...

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र...

वि.सं.२०८२ असार १ आइतवार १६:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ...

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न समिति गठन

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न...

वि.सं.२०८२ असार १ आइतवार १४:५९

  काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम–४...