CG Electronics
IME Life
NIMB

एनसेल फाउन्डेसनको सहकार्यमा आइसिटी ज्ञान कार्यक्रम सातै प्रदेशमा जारी, कोशी र मधेशमा समापन

NIMB
Himalayan Bank

 

काठमाडौं । आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको संयुक्त आयोजनामा सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सुरू भएको छ । देशभर डिजिटल प्रविधि प्रयोग र सचेतना फैलाउने उद्देश्यले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम ‘आइसिटी ज्ञान’ सुरू गरिएको हो ।

कार्यक्रममा विद्यालयका, महिला समूह, कृषि व्यवसायी, युवा उद्यमी र स्थानीय सरकारका प्रतिनिधिलाई लक्षित गरी डिजिटल सीप र प्रविधि उपयोगका विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।

यस अन्तर्गत कोशी र मधेश प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कोशी र मधेशको डिजिटल साक्षरता कार्यक्रममा ५०० बढीको सहभागीता रहेको थियो ।कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लामा डिजिटल आधारभूत तालिम र साइबर सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो भने मधेश प्रदेशको सप्तरी र सर्लाही जिल्लामा मोबाइल बैंकिङ् र अनलाइन पेमेन्ट प्रणालीको प्रयोग प्रवर्द्धनमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो ।

एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले आइसिटी ज्ञान पहलले डिजिटल रूपान्तरणको युगमा सचेतना जगाउने र डिजिटल खाडँललाई अन्त्य गर्न पुलको काम गर्ने बताइन् ।

‘आइसिटी ज्ञान पहल डिजिटल रूपान्तरणको यस युगमा सबैलाई सँगै अगाडि बढाउने र डिजिटल खाडँललाई पूरा गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो,’ उनले भनिन, ‘यस ग्रासरूटस्तरको कार्यक्रममार्फत, हामी विभिन्न आवश्यक डिजिटल ज्ञान र सीप प्रदान गर्दैछौं, जसले गर्दा सहभागीहरु नेपालको डिजिटल भविष्यमा सक्रिय रूपमा सहभागी हुन सक्छन् ।’

यस्तै कार्यक्रमको बारेमा आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले डिजिटल विभेद अन्त्य गर्न र सूचना प्रविधिमा सर्वसुलभ पहुँच सुनिश्चित गर्न यो कार्यक्रम लाभदायीक हुने बताए । समुदायस्तरबाट सीप विकासले सामाजिक–आर्थिक क्षेत्रमा दिगो परिवर्तन ल्याउने विश्वास गरिएको उनको भनाइ छ ।

एनसेल फाउन्डेसनको सामाजिक उत्तरदायित्व कार्यक्रमको रूपमा अगाडि बढेको डिजिटल साक्षरता कार्यक्रम कोशी र मधेशपछि क्रमशः अन्य प्रदेशमा पनि सञ्चालन हुनेछ ।

कार्यक्रम अन्तर्गत बागमती प्रदेशको दोलखा र सिन्धुपाल्चोकमा सामाजिक सञ्जाल व्यवस्थापन र डेटा गोपनीयतासम्बन्धी तालिम दिइने छ भने गण्डकी प्रदेशमा स्याङ्जा र मनाङ जिल्लामा क्लाउड सेवा र डिजिटल उद्यमिताका उत्कृष्ट अभ्यासहरू अघि बढाइने छ ।

त्यसैगरी लुम्बिनी प्रदेशको बाँके र प्युठानमा कृषि डिजिटलाइजेशन तथा कृषक मोबाइल एप्सको प्रयोग विस्तारमा, कर्णाली प्रदेशको दैलेख र सल्यानमा विद्युतीय सुशासन प्रणाली र डिजिटल वित्तीय समावेशीतामा तथा सुदूरपश्चिम प्रदेशका अछाम र कैलाली जिल्लामा सरकारी सेवा ई–गभर्नेन्स र अनलाइन प्लेटफर्मका विषयमा साक्षरता दिइने छ ।

यी पहलकदमीहरूले आगामी दिनमा देशभर डिजिटल समावेशीता र प्रविधिमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास रहेको छ ।

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...