Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

इनड्राइभद्वारा यातायात बन्दको बीचमा वैकल्पिक सेवा, पिक-आवरमा चालकलाई शून्य कमिशन

 

काठमाडौं । देशव्यापी अनिश्चितकालीन सार्वजनिक सवारी साधन बन्दको अवस्थालाई ध्यानमा राख्दै, इनड्राइभले आफ्ना प्रयोगकर्ताहरूलाई सहज, भरपर्दो र वैकल्पिक यातायात सेवा उपलब्ध गराइरहेको छ। यातायात सहज बनाउन इनड्राइभको प्रमुख विशेषता यसको पारदर्शी बिडिङ (मोलमोलाई) मोडल हो, जसले यात्रु र चालकबीच भाडादरको स्वतन्त्र र सहमतिमा आधारित निर्धारण सम्भव बनाउँछ।

इनड्राइभको ‘फेयर प्राइस’ मोडलले नेपाली राइड-हेलिङ क्षेत्रमा रहेको भाडा असमानताविरुद्धको कदमका रूपमा काम गरिरहेको छ। यात्रुहरूले आफैं गन्तव्य र भाडा प्रस्ताव गर्न सक्छन्, जुन प्रस्ताव नजिकका चालकहरूसम्म पुग्छ। चालकहरूले ती प्रस्तावहरू स्वीकार गर्न, नयाँ दर सुझाव गर्न वा अस्वीकार गर्न सक्ने स्वतन्त्रता पाउँछन्।

यातायात बन्दको वर्तमान परिस्थितिमा पनि इनड्राइभमा सक्रिय दशौं हजार चालकहरू यात्रुहरूलाई सेवा दिइरहेका छन्। कम्पनीले न्यूनतम कमिशन नीतिमा विश्वास गर्दै व्यवहारमा पनि त्यसलाई लागू गर्दै आएको छ। यही सन्दर्भमा इनड्राइभले चार-पाङ्ग्रे सवारी (कार) चालकहरूलाई पिक-आवरमा शून्य प्रतिशत कमिशन सुविधा दिएको छ, जसले उनीहरूको आम्दानीमा सकारात्मक प्रभाव पार्नेछ।

त्यस्तै, मोटरसाइकल चालकहरूका लागि पनि बोनस योजनाहरू सञ्चालनमा छन्, जसको जानकारी एपमार्फत नियमित रूपमा दिइँदै आएको छ।

यद्यपि यी सुविधाहरू यात्रुहरूका लागि प्रत्यक्ष छुटका रूपमा लागू नहुन सक्छन्, इनड्राइभको उद्देश्य सबैका लागि सुलभ, पारदर्शी र भरपर्दो यात्रा सुनिश्चित गर्नु नै हो।

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१६

  काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६...

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:०८

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत...

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

वि.सं.२०८२ असार ३१ मंगलवार २२:४९

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...