CG Electronics
IME Life
NIMB

मन्त्री साहद्वारा सप्तरीका चार विद्यालयको नवनिर्मित भवन अनुगमन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

सप्तरी, कञ्चनरुप । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले सप्तरी जिल्लाका चार विद्यालयमा निर्माण सम्पन्न भएको भवनहरूको सोमबार अनुगमन गरेका छन्।

मन्त्री साहले कञ्चनरुप नगरपालिका–३ स्थित श्री आधारभूत विद्यालय बरमझिया, हनुमाननगर कंकालनी नगरपालिका–४ मधुवापुर, कञ्चनरुप–८ स्थित सर्वोदय माध्यमिक विद्यालय र सप्तकोसी नगरपालिकामा रहेका गोबर्द्धन बैरागी जनता विद्यालयको अवलोकन गरेका हुन्।

यी चारवटै विद्यालयका लागि सहरी विकास मन्त्रालयबाट जनही एक करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा सो बजेटबाट नवनिर्मित भवन निर्माण सम्पन्न भएको हो।

अनुगमनको क्रममा मन्त्री साहले विद्यालय भवनहरूको निर्माण गुणस्तर, पूर्वाधारको अवस्था तथा प्रयोगको व्यावहारिक पक्षबारे जानकारी लिएका थिए। उनले शिक्षा क्षेत्रमा भइरहेको पूर्वाधार सुधार कार्यको प्रशंसा गर्दै भने, “नयाँ भवनले विद्यार्थीहरूलाई सहज र अनुकूल सिकाइ वातावरण प्रदान गर्नेछ।”

मन्त्री साहले शिक्षाको विकास विना मुलुकको समृद्धि सम्भव नभएको उल्लेख गर्दै विशेषगरी ग्रामीण भेगका विद्यालयमा अझ बढी ध्यान दिनु आवश्यक रहेको धारणा राखे। “विद्यालयमा पूर्वाधार र शैक्षिक गुणस्तरमा सुधार गर्नु अत्यावश्यक छ,” उनले भने, “यसले विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन सहयोग पुर्‍याउँछ।”

अनुगमन कार्यक्रमको अवसरमा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक तथा समुदायका सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

विद्यालय प्रधानाध्यापकले मन्त्रीलाई विद्यालयको समग्र अवस्थाबारे जानकारी गराउँदै अझै केही आवश्यक पूर्वाधार र जनशक्ति अभाव रहेको बताए। सहभागी स्थानीयवासीहरूले पनि मन्त्रीसामू विद्यालयका थप आवश्यकताहरू प्रस्तुत गर्दै आवश्यक सहयोगको माग गरेका थिए।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...