CG Electronics
IME Life
NIMB

विदेशबाट काठ आयात गर्नुपर्ने बाध्यता हट्ने छ : मन्त्री शाही

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले सामुदायिक वन व्यवस्थापनलाई थप समयसामहिक र प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघको नवौं संघीय परिषद् कार्यक्रममा बोल्दै उनले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा सामाजिक आर्थि र पर्यावरणीय संरचनामा तिब्र परिवर्तन भइरहेको भन्दै यसै अनुरुप सामुदायिक वन व्यवस्थापनलाई थप समयसामयिक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

उनले भने,‘नेपालको स्थानीयदेखि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा सामाजिक आर्थिक र पर्यावरणीय संरचनामा तिब्र परिवर्तन भइरहेको छ । त्यसैले सामूहिक रुपमा सामूदायिक वन व्यवस्थापनलाई अझ समसामयिक र प्रभावकारी ठोस उपाएहरुको खोजी गरौं ।’

त्यस्तै उनले आवश्यकतालाई बोध गर्दै चालु आर्थिक वर्ष ०८२–८३ को बजेटमा सामुदायिक वनलाई जडिबुटी, उच्च मूल्यका वनस्पति, काठजन्य उत्पादनमा आधारित उत्पादनहरु, मूल्य अभिवृद्धि र बजारिकरणसँग जोडेर रणनीतिक रुपमा अगाडि बढाउने स्पष्ट संकेत गरिएको बताए ।

‘आवश्यकतालाई बोध गर्दै चालु आर्थिक वर्ष ०८२–८३ को बजेटमा सामुदायिक वनलाई जडिबुटी उच्च मूल्यका वनस्पति काठजन्य उत्पादनमा आधारित उत्पादनहरु मूल्य अभिवृद्धि र बजारिकरणसँग जोडेर रणनीतिक रुपमा अगाडि बढाउने स्पष्ट संकेत गरिएको छ,’ उनले भने
मन्त्री शाहीले अहिलेको बजेटमा स्वदेशी काठलाइ स्वदेशमा नै उपयोग र उत्पादन गर्ने र बजारमा ल्याएर रोजगारीसँग जोड्नको लागि उच्च प्राथमिकता दिएको पनि जानकारी गराए । अबको बजेटबाट विदेशी काठ आयात गर्नुपर्ने बाध्यता हट्दै जाने उनको दाबी छ ।

उनले भने,‘अहिलेको बजेटमा हाम्रो स्वदेशी काठलाई जंगलमा ढलेका सुकेका काठलाई स्वदेशमा नै उपयोग र उत्पादन गर्ने र बजारमा ल्याएर रोजगारीसँग जोड्नको लागि अहिलेको बजेटले उच्च प्राथमिकता दिएको छ । यो बजेटबाट विदेशी काठ आयात गर्नुपर्ने बाध्यता हट्दै जानेछ । हाम्रो काठहरुले व्यापक बजारीकरण पाउने छ ।’

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...