Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपालको समृद्धिका लागि भारत र चीनको सहयोग आवश्यक : ईश्वर पोखरेल

जनकपुर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको समृद्धि र विकासका लागि भारत र चीनजस्ता छिमेकी मित्र राष्ट्रहरूको साथ र सहयोग अत्यावश्यक रहेको बताएका छन् ।

चीन सरकारअन्तर्गतको चाइना फाउन्डेशन फर रुरल डेभलपमेन्ट नेपाल कार्यालयद्वारा जनकपुरधामस्थित प्रसिद्ध सरस्वती नमूना माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रममा सोमबार बोल्दै पोखरेलले नेपालको ग्रामीण क्षेत्रको शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रमा उक्त संस्थाले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे ।

‘नेपालको आर्थिक विकासमा चीन सरकारको उल्लेखनीय योगदान छ,’ पोखरेलले भने, ‘हामीले भारत र चीन दुवैसँग मित्रवत् सम्बन्ध कायम राख्न चाहेका छौँ । छिमेकी राष्ट्र परिवर्तन गर्न नसकिने भएकाले समानान्तर र सन्तुलित सम्बन्ध आवश्यक छ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले विशाल जनसंख्या र ठूलो अर्थतन्त्र भएका दुवै मुलुकको साथ र सहकार्यबाट मात्र नेपाल समृद्ध बन्न सक्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेकपा एमालेकी नेतृ तथा प्रतिनिधिसभा सदस्य जुली कुमारी महतोले चीन सरकारले नेपालको भौतिक पूर्वाधार निर्माणमा पुर्याएको योगदानको प्रशंसा गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा थप लगानी आवश्यक रहेको बताइन् ।
विद्यालयका प्रधानाध्यापक नागेश्वर साहले शैक्षिक सामग्रीले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूतावासका वाणिज्य काउन्सिलर सीईयू, चाइना फाउन्डेशन फर रुरल डेभलपमेन्ट नेपालका कन्ट्री डाइरेक्टर झाओ स्याङ, र राजदूतावासका राजनीतिक तथा प्रेस मामिला निर्देशक यु पेङचेङ सहभागी थिए ।

त्यसैगरी, जनकपुरधामस्थित प्रादेशिक अस्पतालको प्रसूति गृहलाई आरामदायी बर्थिङ्ग अभियान अन्तर्गत आवश्यक सामग्रीहरू अस्पतालका निर्देशक डा। जामुन प्रसाद सिंहलाई हस्तान्तरण गरिएको छ।

 

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण...

वि.सं.२०८२ असार ३ मंगलवार २३:१५

  काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको 'सङ्घीय निजामती सेवाको...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२०

  काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन...

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो...

वि.सं.२०८२ असार १ आइतवार १६:२३

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी...

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ :...

वि.सं.२०८२ असार १ आइतवार १६:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा...

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र...

वि.सं.२०८२ असार १ आइतवार १६:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ...

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न समिति गठन

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न...

वि.सं.२०८२ असार १ आइतवार १४:५९

  काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम–४...