CG Electronics
IME Life
NIMB

नेपालको समृद्धिका लागि भारत र चीनको सहयोग आवश्यक : ईश्वर पोखरेल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

जनकपुर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको समृद्धि र विकासका लागि भारत र चीनजस्ता छिमेकी मित्र राष्ट्रहरूको साथ र सहयोग अत्यावश्यक रहेको बताएका छन् ।

चीन सरकारअन्तर्गतको चाइना फाउन्डेशन फर रुरल डेभलपमेन्ट नेपाल कार्यालयद्वारा जनकपुरधामस्थित प्रसिद्ध सरस्वती नमूना माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रममा सोमबार बोल्दै पोखरेलले नेपालको ग्रामीण क्षेत्रको शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रमा उक्त संस्थाले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे ।

‘नेपालको आर्थिक विकासमा चीन सरकारको उल्लेखनीय योगदान छ,’ पोखरेलले भने, ‘हामीले भारत र चीन दुवैसँग मित्रवत् सम्बन्ध कायम राख्न चाहेका छौँ । छिमेकी राष्ट्र परिवर्तन गर्न नसकिने भएकाले समानान्तर र सन्तुलित सम्बन्ध आवश्यक छ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले विशाल जनसंख्या र ठूलो अर्थतन्त्र भएका दुवै मुलुकको साथ र सहकार्यबाट मात्र नेपाल समृद्ध बन्न सक्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेकपा एमालेकी नेतृ तथा प्रतिनिधिसभा सदस्य जुली कुमारी महतोले चीन सरकारले नेपालको भौतिक पूर्वाधार निर्माणमा पुर्याएको योगदानको प्रशंसा गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा थप लगानी आवश्यक रहेको बताइन् ।
विद्यालयका प्रधानाध्यापक नागेश्वर साहले शैक्षिक सामग्रीले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूतावासका वाणिज्य काउन्सिलर सीईयू, चाइना फाउन्डेशन फर रुरल डेभलपमेन्ट नेपालका कन्ट्री डाइरेक्टर झाओ स्याङ, र राजदूतावासका राजनीतिक तथा प्रेस मामिला निर्देशक यु पेङचेङ सहभागी थिए ।

त्यसैगरी, जनकपुरधामस्थित प्रादेशिक अस्पतालको प्रसूति गृहलाई आरामदायी बर्थिङ्ग अभियान अन्तर्गत आवश्यक सामग्रीहरू अस्पतालका निर्देशक डा। जामुन प्रसाद सिंहलाई हस्तान्तरण गरिएको छ।

 

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...