Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

इप्पानको टोलीसँग ऊर्जामन्त्री खड्काले भने :‘ऊर्जा क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध छ’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको ऊर्जा क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

मंगलबार मन्त्री खड्कालाई भेटी ज्ञापनपत्र बुझाउन आएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को टोलीसँगको छलफलमा उनले सरकारले आगामी दिनमा ऊर्जा क्षेत्रका संरचनागत समस्या समाधान गर्न आवश्यक पहल गर्ने विश्वास दिलाए ।

इप्पानले सरकारको हालैको बजेटमार्फत प्रस्ताव गरिएको ‘टेक एण्ड पे’ नीतिप्रति असन्तुष्टि जनाउँदै त्यो नीतिले लगानीकर्ताको मनोबल कमजोर पार्ने र जलविद्युत क्षेत्रमा ठूलो आर्थिक जोखिम निम्त्याउने बताएको थियो । सो सन्दर्भमा मन्त्री खड्काले भने, ‘सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य हासिल गर्न देशी तथा विदेशी लगानीकर्ताहरू उत्साहित छन् । यस्तो समयमा उत्पन्न समस्याले लगानी वातावरणमै प्रतिकूल असर पर्न सक्छ, त्यसकारण समाधानका लागि सरकार गम्भीर छ ।’

इप्पानले ‘टेक एण्ड पे’ को सट्टा ‘टेक अर पे’ नीति अवलम्बन गर्न माग राखेको थियो, जसअनुसार आयोजना सञ्चालनकर्ताले उत्पादन गरेको विद्युत सरकारले बारम्बार लिने वा त्यसको मूल्य तिर्ने व्यवस्था हुन्छ । मन्त्री खड्काले उक्त मागबारे अर्थ मन्त्रालयसँग समन्वय गरी आवश्यक निर्णय लिने प्रतिबद्धता गरे ।

‘हामी सुख्खा याममा भारतबाट विद्युत् आयात गर्न नपरोस् भन्ने लक्ष्यका साथ लागिरहेका छौँ । यस्तो बेला बजेटमा यस्ता व्यवस्था आउँदा कार्यान्वयनमा समस्या पर्न सक्छ,’मन्त्री खड्काको भनाइ थियो ।

भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले हालको नीतिले करिब ६६ अर्ब रुपैयाँ बराबरको लगानी जोखिममा परेको भन्दै सरकारलाई समयमै हस्तक्षेप गर्न आग्रह गरे । ‘यदि यो नीति यथावत् रह्यो भने बैंक तथा वित्तीय संस्थाहरूको लगानी समेत प्रभावित हुनेछ,’ उनले बताए ।
छलफलमा उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजा, सचिव सरीता दवाडीसहित मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण...

वि.सं.२०८२ असार ३ मंगलवार २३:१५

  काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको 'सङ्घीय निजामती सेवाको...

एभरेष्ट बैंक र चिनो हाइड्रो पावरबीच वित्तीय व्यवस्थापन गर्न सम्झौता

एभरेष्ट बैंक र चिनो हाइड्रो पावरबीच वित्तीय...

वि.सं.२०८२ असार ३ मंगलवार २२:१२

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो...

‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध आन्दोलनको अन्तिम गृहकार्यमा इप्पान

‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध...

वि.सं.२०८२ असार ३ मंगलवार २१:१६

काठमाडौं । स्वतन्त्र उर्जा उत्पाकहरुको संस्था नेपाल इप्पानले सरकारले बजेटमा...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२०

  काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन...

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो...

वि.सं.२०८२ असार १ आइतवार १६:२३

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी...

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ :...

वि.सं.२०८२ असार १ आइतवार १६:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा...