Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

तीन करोड लगानीमा दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर, सिभिल मलमा विस्तार गर्ने तयारी

 

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमै बजार विस्तारमा आक्रामक बन्दै गएको फुटवेयर ब्रान्ड स्केचर्सले नेपालमै पहिलो पटक तीन करोड रुपैयाँको लगानीमा दरबारमार्गमा आधिकारिक स्टोर खोलेको छ । शुक्रबारदेखि दरबारमार्गमा औपचारिक रुपमा स्टोर उद्घाटन गरी विक्री सुरु गरेको विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सले आगामी असोज महिना भित्रै सुन्धारास्थित सिभिल मलमा पनि स्टोर खोल्ने जनाएको छ ।

हालका लागि यो नेपालमा रहेको एकमात्र आधिकारिक स्केचर्स स्टोर भएको कम्पनीले स्पष्ट पारेको छ । उक्त स्टोरमा २०२५ सिजनका नवीनतम संग्रहहरूसहित आधिकारिक च्यानलबाट मात्र उपलब्ध हुने एक्सक्लुसिभ इनलाइन उत्पादनहरू समेत प्रस्तुत गरिएको कम्पनीको भनाइ छ ।

काठमाडौंको प्रमुख व्यापारिक केन्द्र दरबारमार्गमा खुलेको यो स्टोरले जीवनशैली र परफरमेन्स दुवैका लागि उच्च गुणस्तरयुक्त फुटवेयर उपलब्ध गराउनेछ । स्केचर्सका उत्पादनहरुले सजिलो, नवीनता र आधुनिक शैलीका लागि विश्वमै ख्याति कमाएका छन् । जुन स्केचर्सको पहिचान नै बनिसकेकोहो । नेपालमा आफ्नो सञ्जाल विस्तार गर्दै जाने योजनाअनुसार स्केचर्सले अर्को महिना कमलपोखरीस्थित सिटी सेन्टरमा दोस्रो स्टोर खोल्ने तयारी गरेको छ ।

‘नेपालमा स्केचर्सको सम्पूर्ण रिटेल अनुभव प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं,’ कम्पनीका एमडी विश्वास थोकरले भने,‘यो नेपाली ग्राहकलाई विश्वस्तरीय फुटवेयर प्रदान गर्ने हाम्रो प्रतिबद्धताको महत्वपूर्ण सुरुआत हो ।’

यस अघि नेपाली ग्राहकले अमेरीका बाट नै उक्त ब्राण्डका जुत्ता मगाएर लगाउनुपर्ने अवस्था थियो । तर अबदेखि ग्राहकहरुले नेपालमै यो ब्राण्डका जुत्ता चप्पल खरिद गर्न पाउने छन् । यसै वर्ष उपत्यका बाहिर पनि यसका विभिन्न शाखा विस्तार गर्ने उनले जानकारी दिए ।

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१६

  काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६...

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:०८

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत...

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

वि.सं.२०८२ असार ३१ मंगलवार २२:४९

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...