CG Electronics
IME Life
NIMB

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank

सुर्खेत । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा २०८२ जेठ २३ गते, शुक्रबार बिहान ११:०० बजे कम्पनीको रजिस्टर्ड कार्यालय, सुर्खेतमा सफलतापूर्वक सम्पन्न भएको छ।

सभाको प्रारम्भ प्रमुख कार्यकारी अधिकृत श्री प्रताप मान श्रेष्ठको स्वागत मन्तव्यबाट भएको थियो। उहाँले कम्पनीको हालसम्मको प्रगति तथा भावी योजनाहरूको संक्षिप्त जानकारी दिनुभयो।

त्यसपश्चात, संचालक समितिका अध्यक्ष श्री ऋषिराज मोरले आफ्नो मन्तव्य सहित कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सभामा निम्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएका छन् :

  •  संचालक समितिको प्रतिवेदन
  •  लेखापरिक्षकको प्रतिवेदन
  • २०८१ आषाढ मसान्तसम्मको वासलात
  • आ.व. २०८०/८१ को नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण तथा अनुसूचीहरू
  • आगामी आर्थिक वर्ष २०८१/८२ का लागि श्री JN Upadhyay & Co लाई लेखापरिक्षकको रूपमा नियुक्त

सभाले समूह “ख” अन्तर्गत सर्वसाधारण शेयरधनीहरूको तर्फबाट संचालक पदमा श्री ईश्वर लाल श्रेष्ठ र श्रीमती सुनिता महर्जनलाई निर्विरोध निर्वाचित गरेको छ।

सभाको समापनमा अध्यक्ष श्री मोरले नव निर्वाचित संचालकहरूलाई बधाई दिँदै सबै शेयरधनी, नियामक निकायका प्रतिनिधि तथा अतिथिहरूप्रति आभार प्रकट गर्नुभयो। साथै, उहाँले कम्पनीको दीर्घकालीन रणनीति र संस्थागत सुशासनमा प्रतिबद्धता व्यक्त गर्दै सभा विसर्जनको घोषणा गर्नुभयो।

 

 

 

 

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...