CG Electronics
IME Life
NIMB

कटहरीमा २ अर्ब लागतको जीवन विकास अस्पतालको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा निर्माण गरिएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् । शनिबार हेलिकप्टरमार्फत कटहरी पुगेका प्रधानमन्त्री ओलीले दुई अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको २०० शैय्याको अत्याधुनिक अस्पताल उद्घाटन गरेका हुन् ।

ग्रामीण भेगमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहित अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल जीवन विकास समाजद्वारा स्थापना गरिएको हो, जसका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल हुन् । मण्डल मोरङ–५ बाट प्रतिनिधिसभा सदस्यसमेत हुन्, जसले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए ।

अध्यक्ष मण्डलका अनुसार अस्पतालमा अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञ चिकित्सकको टोलीमार्फत सेवा प्रदान गरिनेछ । यहाँ आकस्मिक सेवा, विशेषज्ञद्वारा दैनिक ओपीडी, निर्मल तथा पेनलेस डेलिभरी सेवा, सामान्य र दुरबिन प्रविधिबाट हुने सबै प्रकारका शल्यक्रिया, बालरोग उपचार तथा डायलासिस सेवा उपलब्ध हुनेछ।

हाल अस्पतालमा २५ शैय्याको आईसीयू, ९ शैय्याको नवजात सघन कक्ष (एनआइसीयू), र १० शैय्याको सिसियु (सीसीयू) सञ्चालनमा छन्। मण्डलका अनुसार अस्पतालमा दुई दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकसहित २०० जना स्वास्थ्यकर्मी कार्यरत छन्।

स्थानीय स्तरमै गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यस अस्पतालले मोरङको ग्रामीण क्षेत्रका साथै आसपासका जिल्लाका नागरिकलाई समेत प्रत्यक्ष फाइदा पु¥याउने विश्वास गरिएको छ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...