Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

कटहरीमा २ अर्ब लागतको जीवन विकास अस्पतालको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा निर्माण गरिएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् । शनिबार हेलिकप्टरमार्फत कटहरी पुगेका प्रधानमन्त्री ओलीले दुई अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको २०० शैय्याको अत्याधुनिक अस्पताल उद्घाटन गरेका हुन् ।

ग्रामीण भेगमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहित अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल जीवन विकास समाजद्वारा स्थापना गरिएको हो, जसका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल हुन् । मण्डल मोरङ–५ बाट प्रतिनिधिसभा सदस्यसमेत हुन्, जसले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए ।

अध्यक्ष मण्डलका अनुसार अस्पतालमा अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञ चिकित्सकको टोलीमार्फत सेवा प्रदान गरिनेछ । यहाँ आकस्मिक सेवा, विशेषज्ञद्वारा दैनिक ओपीडी, निर्मल तथा पेनलेस डेलिभरी सेवा, सामान्य र दुरबिन प्रविधिबाट हुने सबै प्रकारका शल्यक्रिया, बालरोग उपचार तथा डायलासिस सेवा उपलब्ध हुनेछ।

हाल अस्पतालमा २५ शैय्याको आईसीयू, ९ शैय्याको नवजात सघन कक्ष (एनआइसीयू), र १० शैय्याको सिसियु (सीसीयू) सञ्चालनमा छन्। मण्डलका अनुसार अस्पतालमा दुई दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकसहित २०० जना स्वास्थ्यकर्मी कार्यरत छन्।

स्थानीय स्तरमै गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यस अस्पतालले मोरङको ग्रामीण क्षेत्रका साथै आसपासका जिल्लाका नागरिकलाई समेत प्रत्यक्ष फाइदा पु¥याउने विश्वास गरिएको छ।

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...