CG Electronics
IME Life
NIMB

विपदको नाममा हेटौँडा उपमहानगरपालिकाको गैरकानूनी धन्दा, बेच्न नमिल्ने सामान सोझै ठेकेदारलाई

NIMB
Himalayan Bank

हेटौँडा । विपदको नाममा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकाले नदिजन्य सामाग्रीको उत्खनन् गरी ठेकेदारलाई दिएको पाईएको छ ।

हेटौँडा उपमहानगरपालिकाले खहरे तथा खोला उत्खनन् कार्यमा बदमासी भएको पाइएको हो । ठेक्का मार्फत खोला खहरे उत्खनन् गर्ने अनुमति दिएको ठेकेदारलाई विपद व्यवस्थापन अन्तर्गत हेटौंडा उपमहानगरपालिका १७ मा पर्ने सातबोटेबाट २६ हजार घन मिटर उत्खनन् तथा बिक्री गर्ने गरी उत्खनन् गरिरहेको छ ।

हेटौंडा उपमहानगरपालिकाले नियम मिचेर ठेकेदारको पक्षपोषण हुने गरि खोला खहरे उत्खनन् तथा बिक्रि वितरण गरी विपदको नाममा बितण्डा गर्दै बदामासी गरेको हो ।

जिल्ला विपद व्यवस्थापन समितिको संयोजक प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको संयोजकत्वमा बसेको बैठकको निर्णय अनुसार हाल हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा पोइन्ट बनाई उत्खनन् कार्य भैरहेको छ ।

यसैक्रममा हेटौँडा उपमहानगरपालिकाले विपत बाहेक अन्य क्षेत्रमा ठेक्का मार्फत खोला उत्खनन् गरिरहेको छ । हेटौँडा, १६ मा पर्ने घ्याम्पेसहित आसपासका खहरे खोलामा ४६ हजार घनमिटर नदिजन्य सामाग्री उत्खनन् गर्ने गरी ठेक्का लगाएको थियो तर, वडाका स्थानीयवासी, वडा कार्यालय र पर्सा राष्ट्रिय निकुन्जले उत्खनन् गर्न नदिएपछी उक्त ठाउँमा उत्खनन् कार्य अघि बढ्न सकेको थिएन ।

निकुन्जले उक्त क्षेत्रमा जम्मा १४ हजार घनमिटर भन्दा उत्खनन् गर्न नदिने बताएपछी उपमहानगरपालिकाले बाकी अपुग घनमिटरको नदिजन्य सामाग्री विपतबाट उत्खनन् गरी ठेकेदारलाई दिने भनि सोधभर्ना गरिएको पाइएको छ ।

विपद व्यवस्थापनको बैठकले निर्णय गरी गरिएको उत्खनन् क्षेत्रको पदार्थ उपमहानगरपालिकाले घाटगद्धी गरी निश्चित ठाउँमा जम्मा पारी ठेक्का खुलाएर बिक्रि गर्ने प्रावधान छ तर, निकुन्ज क्षेत्रको उत्खनन् गर्न नपाएपछी उपमहानगरपालिकाले विपत तर्फकै सामाग्री ठेकेदारलाई दिने सहमती गरेको छ, जुन कानुन विपरित छ ।

यस विषयमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले भने कार्यपालिकाको बैठकले नै निर्णय गरेर ठेक्का लगाइएको स्थानबाट नपुगेको सामग्री विपत तर्फबाट भराइदिने निर्णय भएको बताए । कार्यपालिका बैठक भने अन्तिम पटक गत जेठ १३ गते मंगलबार बसेको थियो । यस विषयमा प्रमुख गौतमले सोझै झुट बोलेका छन् भने उपमहानगरपालिकाले नियम विपरित विपद तर्फको नदिजन्य सामाग्री सोझै ठेकेदारलाई दिने भएको छ ।

करिव ३२ हजार घनमिटर नदिजन्य पदार्थ कानुन विपरित उपमहानगरपालिकाले ठेकेदारलाई दिने सहमति गरेको छ । घ्याम्पेबाट उत्खनन् गर्न निकुन्जले नदिएपछी उपमहानगरपालिकाले विपद तर्फबाट उत्खनन् गरिरहेको हेटौंडा उपमहानगरपालिका १७ मा पर्ने सातबोटे क्षेत्रको सामाग्री ठेकेदारलाई दिन लागेको हो । कानुन विपरित यसरी विपदको नाममा प्राकृतिक दोहन गरी सोझै ठेकेदारलाई बेच्दा समेत सम्बन्धित नियामक निकायले यस तर्फ ध्यान दिएको छैन ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...