CG Electronics
IME Life
NIMB

नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण, बुबालाई छोराको कलेजो दान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल मेडिसिटीमा पहिलोपटक सफस कलेजो प्रत्यारोपण गरिएको छ । पोखरा निवासी ५६ वर्षिया ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको हो। उनलाई उनका २६ वर्षिय छोरा आयुष कार्कीले कलेजो दान गरेका हुन् ।

कलेजो प्रत्यारोपण संसारकै जटिल प्रत्यारोपण मध्ये एक पर्दछ भने निकै ठूलो मल्टिडिसिप्लिनरी टोलीको आवश्यकता पर्दछ। प्रत्यारोपण गर्दा कलेजो दाता डोनर) को झण्डै ९ घण्टा र कलेजो प्राप्तकर्ता (रिसिभर) को १३ घण्टा लागेको थियो । भारतको प्रसिद्ध परोपकारी अस्पताल अमृता अस्पतालसंग सहकार्यगरी नेपाल मेडिसिटीका चिकित्सकहरुको नेतृत्वमा सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।

“हामी उपचारका लागि दुईपटक भारत गएका थियौं, तर त्यहां डाक्टरको परामर्श चित्त बुझेन । बुबालाई जसरी पनि मिगौला र कलेजो प्रत्यारोपण गर्ने पर्छ भनेपछि हामी झन् ऑतियौ र नेपाल नै फक्यौं,” कलेजो दाता आयुष कार्कीले भने ।

“नेपालमै विश्वस्तरीय सेवा दिने अस्पताल रहेको थाहा पाएपछि हामी नेपाल मेडिसिटी अस्पतालमा परामर्शको लागि आयौं र कलेजो प्रत्यारोपण गरेर मिर्गौला जोगाउन सकिन्छ भन्ने बुझेपछि यहीं प्रत्यारोपण गर्ने निर्णय गरेका हौं। नेपालमै सम्भव हुने उपचारका लागि हामी भारत धाउनुपर्यो। यदि पहिले नै यहाँ परामर्श लिएको भए हाम्रो समय र पैसा दुबै खर्च हुने थिएन,” उनले भने ।

“नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण पहिलो पटक भएको छ । हामीसंग मल्टिडिसिप्लिनरी टिम भएका कारण जटिल शल्यक्रिया सम्भव भएको हो,” अस्पतालका अध्यक्ष डा. उपेन्द्र महत्तोले बताए ।

नेपालमा हरेक वर्ष २०० देखि ३०० जनाको कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता देखिन्छ । एम्बेसी अफ नेपाल, डिल्लीका अनुसार सन् २०२३ देखि २०२४ मा मात्र ७० जना भन्दा बढि नेपालीहरुले भारतमा गएर कलेजो प्रत्यारोपण गराएका छन् ।

“हामीले नेपालीहरु उपचारका लागि विदेश जान नपरुन् भन्ने उद्देश्यले नै यो अस्पताल सञ्चालनमा ल्याएका हौ। त्यसैले यहांका जनशक्तिलाई नै बलियो बनाई जस्तोसुकै जटिल स्वास्थ्य समस्यामा पनि सुलभ र गुणस्तरीय सेवा प्रदान गरिरहेका छौ।”

ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा उमिद कुमार श्रेष्ठका अनुसार बिरामीको कलेजो तथा मिर्गौला दुवै बिग्रिसकेको थियो। निकै जटिल स्वास्थ्य अवस्थामा रहेका उनको सफल कलेजो प्रत्यारोपण गरिएको छ ।

“ईश्वर बहादुर कार्कीको पेटमा पानी जम्ने, बेला बेलामा होस हराएको जस्तो हुने, रगत बान्ता हुने तथा बेहोस हुने जस्ता समस्या थियो। उनको कलेजोसंगै मिर्गौलाले पनि काम गर्न छाडिसकेको थियो।

यस क्रममा उनी नेपालका अन्य अस्पताल र भारतमा पनि दुई पटक प्रत्यारोपणका लागि गएका थिए। उनको जटिल अवस्थाका कारण कलेजो तथा मिर्गौला प्रत्यारोपण दुवै गर्नुपर्ने भएकोले जोखिम उठाउन चाहेनन्, तर नेपाल मेडिसिटीमा भने उनको सफल कलेजो प्रत्यारोपण भएको छ,” डा. श्रेष्ठले भने ।

कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार देखिएको छ ।

“हामीले विरामीको शल्यक्रिया गर्नु अघि नै यसमा जोखिम रहेको र पहिले कलेजो प्रत्यारोपण गर्ने र कलेजोको कारण मिर्गौला बिग्रेको हो वा होइन जाँच गरेर मात्र मिर्गौला प्रत्यारोपण गर्ने भनेर सम्झाएका थियौं। बिरामीले धेरै अस्पतालमा धाइसकेको तथा लामो समय वितिसकेका कारण चुनौतीलाई आत्मसाथ गरी यो प्रत्यारोपण गरेका हौ, कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहले बताए ।

नेपाल मेडिसिटी अस्पतालले नेपाली जनताका लागि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सर्वसुलभ शूल्कमै उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको छ। यहाँ कलेजो प्रत्यारोपणसंगै विभिन्न अंगको पनि प्रत्यारोपण गर्दै आइरहेको छ ।

अस्पतालमा हालसम्म ४५ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भईसकेको छ भने ५०० जना भन्दा बढिको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको छ । नेपाल मेडिसिटी अस्पताल सम्पूर्ण नेपालीहरुको स्वास्थ्य सेवामा सधै समर्पित छ ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...