Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान 

 

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा शनिबार काठमाडौंका विभिन्न स्थानमा रहेका दृष्टीविहीनहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।

बैंकका ब्राण्डीङ तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसरहरु, डिजिटल कारोवार, डिजिटल ठगी लगायतका विषयहरुमा वित्तीय साक्षरता प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा ४० जना भन्दा बढि दृष्टीविहीनहरुको उपस्थिती रहेको थियो । वित्तीय साक्षरता कार्यक्रमको समापनमा बोल्दै दृष्टीविहीन कृष्ण खत्री अविरलले वित्तीय साक्षरता समयमै नपाउँदा आफुले बैंक मार्फत् कारोवार नगरेको, आफुले कमाएको, बचाएको पैसा साथीहरुलाई राख्न दिनुपरेको र उक्त पैसाको जतन हुने नहुने कुरामा समेत आफू विश्वस्त हुन नसकेको बताउनु भयो ।

दृष्टीविहीनहरुले पनि अन्य व्यक्तिहरुले सरह अब बैंकमा खाता खोलेर कारोवार गर्न मिल्ने भए पछि अब देखी आफ्ना वित्तीय कारोवारहरु बैंक मार्फत् मात्र गर्ने बताउनुभयो । सोही कार्यक्रममा बोल्दै दृष्टीविहिन बिक्रम पथरियाले वित्तीय साक्षरता कार्यक्रम पश्चात आफुलाई सानो बचतले भविष्यमा ठुलो काम गर्न सकिने आशा पलाएको बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै सर्वोदय परियोजनाका सौगात वाग्लेले दृष्टीविहीनहरुलाई कामना सेवा विकास बैंकले अन्य व्यक्तिहरुलाई जस्तै मोबाईल बैंकिङ, एटिएम कार्ड लगायतका सुविधाहरु प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । वाग्ले आफू पनि दृष्टीविहीन भएको र अन्य व्यक्तिहरुले जस्तै बैंकिङ सेवाहरु प्राप्त गरि सुरक्षित रुपले बैंकिङ सेवाहरु उपभोग गरिरहेको बताउनुभयो ।

कामना सेवा विकास बैंकले दृष्टीविहीनहरुलाई लक्षित गरेर स्वाभिमान बचत खाता संचालनमा ल्याईरहेको छ । उक्त खाता खोलेका दृष्टीविहीनहरुले अन्य व्यक्तिहरुले सरह मोबाईल बैंकिङ, एटिएम कार्ड लगायतका सुविधाहरु प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकले उक्त खाता खोल्नको लागि दृष्टीविहीन भएकै कारणले अतिरिक्त कुनै पनि कागजात वा अन्य कोही साक्षी आवश्यक नपर्ने र खाता संचालन सम्बन्धी शर्तहरु ब्रेल लिपीमा समेत उपलब्ध गराउने गरेको जनाएको छ ।

 

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार, एकै स्थानमा सवारीसम्बन्धी सम्पूर्ण सेवा

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार,...

वि.सं.२०८२ असार २६ बिहीवार २२:४२

  काठमाडौँ । नेपालकै प्रमुख अटो हब मानिने नक्सालमा सवारीसाधनसम्बन्धी...

एनआईसी एशिया बैंकको आग्रह : प्यान अपडेट नगरेर समस्या आए बैंक जिम्मेवार नहुने

एनआईसी एशिया बैंकको आग्रह : प्यान अपडेट...

वि.सं.२०८२ असार २६ बिहीवार २२:३५

  काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

लुम्बिनी विकास बैंकको १८औं वार्षिकोत्सवमा रक्तदान र कर्मचारीहरूलाई सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी विकास बैंकको १८औं वार्षिकोत्सवमा रक्तदान र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:२९

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव...

प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा बन्द

प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा...

वि.सं.२०८२ असार २६ बिहीवार २२:१९

  काठमाडौं । प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा...

निजी क्षेत्रलाई टेवा दिने मौद्रिक नीति आवश्यक: महासंघको राष्ट्र बैंकलाई सुझाव

निजी क्षेत्रलाई टेवा दिने मौद्रिक नीति आवश्यक:...

वि.सं.२०८२ असार २६ बिहीवार २२:१७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आर्थिक वर्ष...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको...

वि.सं.२०८२ असार २६ बिहीवार १३:०२

  काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको...