IME Life
NIMB

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

NIMB
Himalayan Bank

 

काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन २१ देखि २५ सम्म काठमाडौंमा आयोजना हुँदैछ । एक्स्पोको तयारी स्वरुप नाइमाले सोमबार ति ब्राण्डहरुका लागि स्टल बाँडफाँडको कार्य सम्पन्न गरेको छ ।

जसमा चारपांग्रे र दुईपांग्रेगरी विभिन्न ५० ब्राण्डहरुले उत्साहजनक सहभागिता जनाउँदैछन् । नाइमाका अनुसार नयाँ र पुराना गरि ५० वटा ब्रान्डले शोमा सहभागिता जनाउन लागेका छन् ।

प्यासेन्जर गाडीमा बिवाइडी, सिट्रोन, फोर्थिङ, जीडब्लूएम, भोल्ट्स, हुन्डाई, कायी, किया, लिपमोटर, एलईभी वन, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोड़ा एण्ड जेको, प्युजो, प्रोटोन, रेनोल्ट, टोयोटा, फक्सवागन र जिकर रहेका छन् ।

यस्तै, दुई पाङ्ग्रे गाडीमा एम्पेयर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयु, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे नाइनबुट, सुजुकी, ट्राइम्फ, टीभीएस, अल्ट्राभोइलेटी, याडिया र जिहो रहेका छन् । लाइट कमर्सियलमा चेरी वाङ्दा, डोडफेड, फरीजोन, हावजी, कामा, क्यारी, किडलड़ र सुनलड़ रहेका छन् ।

नेपालका प्रमुख अटोमोबाइल उद्योगका ब्राण्डहरुबाट प्राप्त सकारात्मक र उत्साहजनक सहभागिताले आफुहरु अत्यन्तै हर्षित र उत्साहित भएको भन्दै स्टल बुकिङको कार्य सकिए पश्चात अब प्रदर्शनी तर्फ नाइमाको ध्यान केन्द्रित भएको अध्यक्ष रितु सिंह बैद्यले बताईन् ।

यस एक्स्पोले परम्परागत प्रदर्शनीहरुको ढाँचामा नविनता थप्नुका साथै बजारमा उपभोक्ता र अटोमोबाईल व्यवसायीहरुलाई आफ्नो सवारी साधनलाई नयाँ र आकर्षक ढंगले प्रस्तुत गर्ने अवसर पाउने बताइएको छ । प्रदर्शनीको सम्पुर्ण व्यवस्थापन मिडिया स्पेस सोलुसन प्रालीलले गर्ने नाइमाले जनाएको छ ।

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...