CG Electronics
IME Life
Ncell NPL

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन्२०२५को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल (NEV) बिक्री वृद्धिको उल्लेखनीय उपलब्धी हासिल गरेकोछ।कम्पनीले उक्त महिना ३१,४८८वटा NEV बिक्री गर्‍यो, जुन अघिल्लो वर्षकोसोही अवधिको तुलनामा १२.९९% ले बढी हो र यसले चुनौतिपूर्ण प्रथम त्रैमासिक पश्चात्मजबुत पुनरागमनको संकेत गर्दछ।

चोंगकिंगलियाङजियाङ न्यू एरियामा रहेको यो अटोमोबाइल निर्माताकम्पनीले हुवावेसँगको सहकार्यमार्फत चीनको NEV बजारमा बलियो उपस्थिती बनाएको छ।यसको प्रमुख मोडल M9 मा अत्याधुनिक इन्टेलिजेन्ट ड्राइभिङ प्रविधि समावेश गरिएको छ र यो मोडलले पहिले बीएमडब्लु, मर्सिडीज-बेन्ज, आदि जस्ता लक्जरी इन्धनगाडीहरू चढेकाहरूलाई आकर्षित गरेको छ। M9 ले ५००,००० युआन (लगभग ६९,४३५ अमेरिकीडलर) मूल्यको लक्जरी भेहिकल श्रेणीमा लगातार ११ महिना सम्म चीनकोसेल्स चार्टमा अग्रस्थान कायम राखेको छ।

सन् २०२५को पहिलो त्रैमासिकमा बिक्रीमा आएको कमीलाई विश्लेषकहरूले नयाँमोडेलमा रूपान्तरण भइरहेको ट्रान्जिसन सँग जोडेर हेरेका थिए। मार्चमा अपडेट गरिएको M9 को सार्वजनिक वितरणर अप्रिलमा M8 को सुरुवातसँगै उपभोक्ताको चासो पुनःजागृत भएको छ र अब फेरि बिक्री वृद्धिको सम्भावना बलियो बनेको छ।

बिक्रीको तथ्यांक अनुसार, जनवरीमा बिक्री १२,४८३ युनिट थियो, जुन मार्चमा घटेर ५,२३६मा झर्‍यो। तर M9 को२०२५ संस्करणको पहिलोपूर्ण वितरण महिना अप्रिलमा यो पुनःबढेर १३,१४९ युनिट पुगेको छ।

अप्रिल १६मा सार्वजनिक गरिएको M8, M7 र M9 को बीचको मोडलहो र यसको मूल्य ३५९,८००युआन देखि ४४९,८००युआन सम्म तोकिएको छ। LiDAR प्रविधि र HarmonyOS ककपिट जस्ता उच्चस्तरीय सुविधा भएको योमोडेल ले M9 भन्दाकरिब १,००,००० युआन सस्तो मूल्यमा लक्जरी रस्मार्ट फिचरहरू प्रदान गर्दछ।सार्वजनिकभएको केहीसाता भित्रै यसले ७०,००० भन्दा बढी प्री-अर्डर प्राप्त गर्नुले पनि उपभोक्ताको ठूलो उत्साह झल्काउँछ।

सेरेसको सन् २०२४को वार्षिक प्रतिवेदन अनुसार, कम्पनीले २०२४मा ४,२६,८८५ वटा NEV बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १८२.८४% ले बढी हो। तर सन् २०२५ को पहिलो चार महिनाको ट्रेण्डलाई हेर्दा, गत वर्षको बिक्री स्तर कायम राख्नु चुनौतीपूर्ण देखिन्छ।

हाल सम्म सेरेसले M8 को विस्तृत डेलिभरी डाटा सार्वजनिक गरेको छैन, जसले गर्दा यसको वार्षिक प्रदर्शनमा कति प्रभाव पर्छ भन्ने मूल्याङ्कन गर्न कठिनछ। यद्यपि प्री-अर्डर तथ्यांकहरूले उच्च माग देखाएता पनि, वास्तविक वितरण भने उत्पादन क्षमताको सीमा, स्टक व्यवस्थापन र अर्डर रद्द हुने जस्ता कारणहरूले फरक पर्न सक्छ।

सेरेसको अप्रिलमा भएको सेल्स रिबाउन्ड चीनको सम्पूर्ण NEV बजारले फेरि मोमेन्टम पाएको संकेत पनि हो।चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार, सन् २०२५को अप्रिलमा चीनमा कुल१.२२६ मिलियन NEV बिक्री भएका थिए, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४.२% ले बढी हो।सो महिनामा चीनमा बिक्री भएका कुल २.५९मिलियन सवारी साधनहरू मध्ये ४७.३% NEV हरू थिए।

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार ‘डेन्जा जेड’

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:२९

  काठमाडौं । बीवाईडीले बेइजिङ अटो शोमा आफ्नो अत्याधुनिक सुपरकार...

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार सार्वजनिक गरिने

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २२:४८

काठमाडौं । नेपाली अटो बजारमा नयाँ विद्युतीय एसयूभी थपिने भएको...

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२

  काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी...

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’ योजना सार्वजनिक

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’...

वि.सं.२०८३ वैशाख २६ शनिवार १४:१४

  काठमाडौं  । आइएमईले वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका...

चितवनमा याङ्गो राइड कार्यक्रम, चालकलाई महिनामा १ लाखसम्म कमाइको दाबी

चितवनमा याङ्गो राइड कार्यक्रम, चालकलाई महिनामा १...

वि.सं.२०८३ वैशाख २६ शनिवार १३:५८

काठमाडौं । बग्लोबल टेक कम्पनी याङ्गो ग्रुपको राइड हेलिङ्ग सेवा...