NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान

NIMB
leapmotornepal (citroen)

 

काठमाडौँ । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को ११ औं संस्करणका लागि आवेदन खुल्ला गरिएको छ। यो प्रतिष्ठित कार्यक्रमले नेपालका किशोरकिशोरीहरूलाई उनीहरूको असाधारण योगदान र नेतृत्वका लागि सम्मान गर्ने लक्ष्य राखेको छ ।

ग्लोकल टीन हिरो (न्त्ज्० , ग्लोकल प्रा.लि. को एक महत्वपूर्ण पहल हो।जुन केवल अवार्ड वा पुरस्कार मात्र नभई परिवर्तनकारी भावना भएका युवा÷किशोरकिशोरीहरूलाई उचित मूल्यांकन गर्दै नया पुस्ता माझ आभारी पुर्वक पहिचान दिलाउछ। ग्लोकल प्रा.लि. प्रशिक्षण, शिक्षा, र सीप विकासका क्षेत्रमा कार्यरत एक अग्रणी संस्था हो। यस कार्यक्रमले किशोरकिशोरीहरूलाई उनीहरूको प्रतिभा, सिर्जनशीलता र सामाजिक कार्यहरू प्रस्तुत गर्ने अद्वितीय अवसर प्रदान गर्दछ। यसले शैक्षिक गतिविधि र व्यक्तिगत सिमा रेखाभन्दा बाहिर रहेर आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने सक्रिय युवाहरूलाई विशेष रूपमा चिनाउँछ ।

पृष्ठभूमि र विस्तारः ग्लोकल टीन हिरोको सुरुवात सन् २०१५ मा काठमाडौँ उपत्यकाका प्रतिभावान किशोरकिशोरीहरूलाई सम्मान गर्ने उद्देश्यले भएको थियो। सन् २०१६ देखि यस कार्यक्रमलाई देशभर विस्तार गरियो, जसले गर्दा सम्पूर्ण नेपालका किशोरकिशोरीहरूले यो उत्कृष्ट मञ्चबाट लाभान्वित हुन सकेका छन् ।

यसको पहुँचलाई दक्षिण एसियाका अन्य देशहरूमा समेत विस्तार गर्ने लक्ष्यका साथ सन् २०१९, २०२० र २०२२ मा भारत, श्रीलंका र बंगलादेशमा पनि ग्लोकल टीन हिरो प्रारम्भ गरिएको थियो।नेपालको शुद्द धरातल बाट सुरुवात हुदै निरन्तर विकसित हुँदै विश्वभरका उत्कृष्ट किशोरकिशोरीहरूको योगदानलाई प्रकाश पारिरहेको छ। नेपालमा नै परिकल्पना गरिएको यो कार्यक्रमको ११ औं वर्षमा, ग्लोकल टीन हिरोले नेपालका समर्पित, उत्साही र नवप्रवर्तनशील किशोरकिशोरीहरूलाई सशक्तिकरण र पहिचान प्रदान गर्न आवेदन आह्वान गरेको छ ।

आवेदन कसले दिने ः ग्लोकल टिन हिरो नेपाल २०२५ का लागि देशभरका १३ देखि १९ वर्ष उमेर समूहका सबै उत्साही, लगनशील, दूरदर्शी र परिवर्तनकारी भावना बोकेका किशोरकिशोरीहरूले आवेदन दिन सक्नेछन ्। यदि तपाईंले आफ्नो समुदाय, समाज वा कुनै विशेष क्षेत्रमा उल्लेखनीय र प्रभावकारी कार्य गरिरहनुभएको छ, शैक्षिक गतिविधिभन्दा माथि उक्लिएर आफ्नो प्रतिभा र सेवाकारी रुप प्रदर्शन गरिरहनुभएको छ, वा सकारात्मक परिवर्तन ल्याउन सक्रिय हुनुहुन्छ भने, यो मञ्च तपाईंको लागि नै हो। तपाईंको पहल, प्रभाव र उपलब्धिलाई सम्मान गर्न हामी आतुर छांै ।

आवेदन प्रक्रिया र समय सीमाः यस वर्ष ग्लोकल टीन हिरोले नेपालभरका ६० भन्दा माथिका शहरहरूमा पुग्ने र किशोरकिशोरीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने योजना बनाएको छ। यो पूर्णतःनिशुल्क कार्यक्रम हो, जहाँ नेपालका १३ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरूले जततउकस्ररनयिअबतिभभलजभचय।अयmरलभउब।ि मार्फत अनलाइन आवेदन दिन सक्नेछन ्। साथै, आफ्नो समुदायका परिवर्तनशील किशोरकिशोरीहरूलाई मनोनयन गर्ने सुविधा पनि उपलब्ध छ । आवेदन आजबाट खुल्ला गरिएको छ र आवेदन पेस गर्ने अन्तिम मिति जुलाई ३०, २०२५ तोकिएको छ। दुवै सहभागिता र मनोनयन आवेदन अनलाइन उपलब्ध छन ्।

छनोट प्रक्रियाः आवेदन र कागजातको समीक्षा पछि, ग्लोकलको द्दण्गलमभचद्दण् को छनोट गरिनेछ । यस छनोट प्रक्रियामा सहभागीहरूको पहल, प्रभाव र उपलब्धिलाई गहन रूपमा मूल्याङ्कन गरिनेछ । तत्पश्चात्, शीर्ष ६ फाइनलिस्टहरू छनोट गरिनेछन् जसले गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को अन्तिम चरणमा भाग लिने अवसर पाउनेछन्। उनीहरूको दूरदृष्टि, आचरण र कार्यको दिगोपनका आधारमा अन्तिम मूल्याङ्कन गरिनेछ ।

विशिष्ट निर्णायक मण्डलः ग्लोकल टीन हिरो नेपाल २०२५ को ग्रान्ड फिनालेमा असाधारण दिग्गज, अग्रगामी र परिवर्तनकारी व्यक्तित्वहरूको एक प्रतिष्ठित निर्णायक मण्डलले फाइनलिस्टहरूको अन्तर्वार्ता र मूल्याङ्कन गर्नेछ । यस बर्ष जूरीमा कोका–कोला नेपालकी राष्ट्रिय निर्देशक श्रीमती चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका राष्ट्रिय निर्देशक डा.घन श्याम.गुरुङ, गोल्छा ग्रुपकी निर्देशक श्रीमती सीमा गोल्छा, श्री सुरज वैद्य, अध्यक्ष वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेस, र नेपालका लागि युरोपेली संघका कार्यवाहक प्रमुख श्री थोमस मिलर हुनुहुन्छ । उहाँहरूको नेतृत्व, विश्वव्यापी दृष्टिकोण र युवा सशक्तिकरणप्रतिको अटुट प्रतिबद्धताले नेपाल र विश्वका भविष्यका उज्ज्वल प्रतिभाहरूलाई पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

 

 

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:४१

  काठमाडौं । हरित उद्यम तथा जलवायु–उत्थानशील व्यवसायको वित्तीय पहुँच...

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...