IME Life
NIMB

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस

NIMB
Himalayan Bank

 

काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आइतबार प्रतिनिधि सभा बैठकमा पेस भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको निरन्तरको पहल र दृढ इच्छाशक्तिको परिणामस्वरूप उक्त विधेयक प्रतिनिधि सभामा पेस भएको हो । उक्त विधेयकसम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिले तयार पारेको प्रतिवेदन पेस गर्दै समितिका सभापति रामहरि खतिवडाले विधेयक टुङ्गोमा पुर्‍याउन मन्त्री गुप्ताले गरेको महत्त्वपूर्ण पहल र सकारात्मक योगदानको खुलेर प्रशंसासमेत गरे ।

राज्यको पुनर्संरचनासँगै प्रशासनिक पुनर्संरचना गर्न र सङ्घीयताको प्रभावकारी कार्यान्वयनका निम्ति आवश्यक यो विधेयक विगत नौ वर्षदेखि रोकिएर बसेको थियो । मन्त्री गुप्ताले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै निजामती सेवा विधेयकलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको थियो । फलस्वरूप आज उक्त विधेयक प्रतिनिधि सभामा पेस हुन सफल भयो ।

१३ परिच्छेद १४७ वटा दफा रहेको यो विधेयकउपर १२४ दर्ता समूहबाट १३० जना सांसदले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । उक्त प्रस्तावमाथि राज्य व्यवस्था तथा सुशासन समितिले उपसमितिसमेत बनाएर व्यापक छलफल गरेको थियो । त्यसक्रममा प्रशासन विज्ञ, लोकसेवा आयोगलगायत विभिन्न संवैधानिक आयोगहरू, निजामती कर्मचारी ट्रेड युनियन, प्रशासनिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति–व्यक्तित्वहरू, पूर्वप्रशासकहरू, कानुनविद्, राष्ट्रसेवक कर्मचारीहरू तथा प्रदेश सरकार र विभिन्न सरोकारवाला पक्षहरूसँग व्यापक छलफल गरी सुझाव ग्रहण गरिएको थियो ।

छलफलपछि गत जेठ २ गते बसेको समितिको ७३औँ बैठकले सर्वसम्मतरूपमा विधेयक पारित गरेको थियो । यो विधेयक जेठ १३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा पेस गर्ने तयारी गरिए पनि नेकपा माओवादी केन्द्रलगायत प्रतिपक्ष दलहरूले संसद अवरोध गरेका कारण अगाडि बढ्न पाएको थिएन ।

लामो कसरतपछि नयाँ आयामसहित सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा पेस गर्न आफू नेतृत्वको मन्त्रालय र वर्तमान सरकारसमेत सफल भएको मन्त्री गुप्ताले बताउनुभयो । सङ्घीयता मुलुकको संरचना परिवर्तन मात्र नभइ सेवा प्रवाहको नयाँ सोचसमेत भएकाले सङ्घीय निजामती सेवा विधेयक तयार पारी पेस गर्नु आफ्नो दायित्व भएको मन्त्री गुप्ताको भनाइ छ ।

यो विधेयक ऐनका रूपमा आएर लागू हुँदा सङ्घ, प्रदेश र स्थानीय तहबीच कर्मचारी व्यवस्थापन गर्न सहज बन्ने, सेवा प्रवाह प्रभावकारी हुने र निजामती कर्मचारीको पेशागत सुरक्षाको सुनिश्चिततासमेत हुने उहाँको भनाइ छ । मन्त्री गुप्ताका अनुसार विधेयकले निजामती कमर्चारीलाई दुई वर्षको कुलिङ अफ पिरियडको व्यवस्था, राज्यबाट दोहोरो सुविधा लिन नपाउने तथा अनुमानगोग्य र अनिवार्य चक्रीय प्रणालीका आधारमा कर्मचारीको सरुवा गर्नेलगायत युगान्तकारी व्यवस्था गरिएको छ । यसले निजामती कर्मचारी वृत्तमा नयाँ आयाम थपेको उहाँको भनाइ छ ।

सङ्घीय निजामी सेवालाई सक्षम, सुदृढ, सेवामुलक, उत्तरदायी र जनमुखी बनाउन प्रस्तुत विधेयकमा निजामती सेवा सञ्चालनका आधारभूत सिद्धान्त, कर्मचारीको जिम्मेवारी र स्थायित्व, कर्मचारीलाई विभिन्न भौगोलिक क्षेत्रको अनुभव दिलाउनेगरी सरुवा, पुनर्मूल्याङ्कन र पुनर्योगलगायत व्यवस्था गरिएको छ । यसबाट मुलुकको प्रशासनिक संरचना व्यवस्थित बन्ने विश्वास गरिएको छ ।

आफ्नो महत्वपूर्ण पहलबाट तयार भएको प्रस्तुत विधेयकले विधिको शासनप्रति प्रतिवद्धता प्रकट गर्दै सङ्घीयता सुदृढ गर्न आवश्यक प्रशासनिक आधार निर्माणमा समेत ऐतिहासिक योगदान पुर्‍याएको मन्त्री गुप्ताको दाबी छ ।

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...