CG Electronics
IME Life
NIMB

‘मन्जुश्री’ ले सुरु गर्याे स्मार्ट डिपोजिट : डिजिटल वालेटमार्फत अब नियमित बचत सम्भव

NIMB
Himalayan Bank

काठमाडौं । मञ्जुश्री फाईनाईन्सले खल्ती सँगको सहकार्यमा डिजिटल वालेट मार्फत बचत गर्न सकिने ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ ।

मन्जुश्री फाईनाईन्स र खल्तीको सहकार्यमा सुरु गरिएको स्मार्ट डिपोजिट जस्तो नविनतम प्रविधिले वित्तिय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाउने छ । खल्तीमार्फत् आफ्नो वित्तिय कारोबार गरिरहेका ग्राहकहरुले सजिलै मन्जुश्रीमा खाता खोल्न र आफ्नो कारोबार गर्न सक्नेछन् ।

यसले वित्तिय संस्थामा गएर खाता खोल्नका लागि खर्चनु पर्ने समय बचत हुनेछ भने वित्तिय कारोबार गर्न झनै सहज हुने विश्वास रहेको मञ्जुश्री फाइनान्सका सीईओ तेजराज तिमिलसिनाले बताए ।

यस सेवामार्फत खल्ती प्रयोगकर्ताले आफ्नो वालेटबाटै दैनिक, साप्ताहिक वा मासिक रूपमा निश्चित रकम बचत गर्न सक्नेछन् । बचत अवधि ६ महिना देखि ६० महिना सम्म चयन गर्न मिल्नेछ भने न्यूनतम १ सय रुपैयाँबाट सुरुआत गर्न सकिने सुविधा रहेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार खल्ती र यस फाइनान्सको सहकार्यमा सुरु गरिएको ‘स्मार्ट डिपोजिट जस्तो डिजीटल बचत फिचरले नेपाल राष्ट्र बैंकको वित्तीय पहुँच विस्तारको लक्ष्यलाई सार्थक बनाउन थप सहयोग र्पुयाउने विश्वास छ । यस्ता नविनतम प्रविधिमार्फत प्रदान गरिने सेवा तथा सुविधाले डिजीटल समावेशीकरणलाई बलियो बनाउने र दीगो आर्थिक समृद्धिमा टेवा र्पुयाउन योगदान दिने विश्वास गरिएको छ ।

हाल लाई यो स्मार्ट डिपोजिट सुबिधा अन्तर्गत मन्जुश्री खल्ती बचत खातामा वार्षिक ५ प्रतिशत साथै स्मार्ट रिकरिङ्ग खातामा वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सकिनेछ ।

निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ ।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...