नेपाल बीमा प्राधिकरणका अध्यक्षबाट प्रेमा राज्य लक्ष्मी सिंहलाई शपथ ग्रहण

Thursday Jun 26, 2025
वि.सं.२०८२ असार १२ बिहीवार १३:०९

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाज्यूवाट एक विशेष समारोहमा बीमा ऐन २०७९ को दफा ४७ (६) अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराइएको छ।
साथै, कम्पनीको ३७ औं वार्षिक साधारण सभा, मिति २०८२/०३/०५ मा सम्पन्न भएको थियो जसमा सिंहलाई संचालक समितिको अध्यक्षका रूपमा सर्वसम्मत पुनर्निर्वाचन गरिएको थियो। यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सिंहलाई सफल कार्यकालको लागि शुभकामना प्रकट गरेका थिए ।
कार्यक्रममा सिंहले शपथ ग्रहणपछि आभार र धन्यवाद ज्ञापन गर्दै, प्राधिकरणका अध्यक्ष र संपूर्ण संचालक समितिलाई आभार व्यक्त गरे ।
यस समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीज्यू र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री पनि उपस्थित भएका थिए ।