CG Electronics
IME Life
NIMB

सन्तोष कुमार भण्डारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको सञ्चालक समितिको ७१औँ बैठकले श्री सन्तोष कुमार भण्डारीलाई कम्पनीको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (CEO) को रूपमा नियुक्त गरेको छ। उक्त नियुक्ति मिति २०८२ साल असार १३ गतेदेखि लागू हुनेछ।

श्री भण्डारीले यसअघि नेपाल एसबिआई बैंक लिमिटेडमा सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, तथा लेखा परीक्षण विभागका अधिकृतको रूपमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नु भएको छ। बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव रहेका भण्डारी कुशल व्यवस्थापक तथा नेतृत्वदायी क्षमताका धनी व्यक्तित्व हुन्। उहाँले स्रोत तथा साधनको प्रभावकारी परिचालनमा विशेष दक्षता राख्नुहुन्छ।

नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना भएको नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको चुक्ता पूँजी रू. २० करोड रहेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (SEBON) बाट आवश्यक अनुमति प्राप्त गरी निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, तथा संस्थागत परामर्श सेवालगायतका मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

 

 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...