CG Electronics
IME Life
NIMB

विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजन असार २० देखि, देशको प्रगति र बेथिति उजागर गरिने

NIMB
Himalayan Bank

काठमाडौं । यही असार २० गतेदेखि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम ‘ऐना’ प्रसारण हुने भएको छ । महामन्त्री शर्मा प्रस्तोता रहने ‘ऐना’ को दोस्रो संस्करण विकास निर्माणका मुद्दालाई केन्द्रमा राखेर तयार पारिएको छ ।

निर्देशक प्रकाश लामिछानेले मंगलबार विज्ञप्तिमार्फत भनेका छन्, ‘समुन्नतिको यात्रामा नेपाल कहाँ पुगेको छ ? कहाँ छुटेको छ ? हुनुपर्ने प्रगति के भएको छ र हुनु–नपर्ने बेथिति किन भएको छ ? प्रश्न र गुनासा किन उब्जिएका छन्, सम्भावना र नवीन आशा के–कस्ता छन् ? देशको विभिन्न कुना पुगेर तयार गरिएका सामग्रीका साथ कार्यक्रम ऐनाको दोस्रो सिजनमा उपस्थित छौँ ।’

लामिछानेले पहिलो संस्करणका प्रस्तोता विश्वप्रकाश शर्माले नै दोस्रो संस्करण पनि सञ्चालन गर्ने जानकारी दिँदै दोस्रो संस्करणमा कांग्रेस महामन्त्री शर्माले जनप्रतिनिधिकै रूपमा संवाद गरे बताएका छन् । ‘राजनितिकर्मीकै रूपमा सरोकारवालाहरुको प्रश्न सुन्नुहुनेछ, अनि संसदको रोस्ट्रमबाट झैं सरकारलाई पनि प्रश्न गर्नुहुनेछ र समाधानका सुत्र खोजीसाथ छलफल चलाउनुहुनेछ,’ उनले भने ।

साहित्य लेखनमा रुचि राख्ने महामन्त्री शर्मा शब्दमा संगीत पनि भर्ने गर्छन् । पछिल्लो समय हिमाल आरोहीका रुपमा पनि शर्माले परिचय बनाएका छन् । छापामाध्यममा सम्पादक रहिसकेका शर्मासँग रेडियो र टेलिभिजनकर्मको अनुभव पनि छ ।

कार्यक्रमको विषयवस्तु

कार्यक्रम ऐनाको पहिलो सिजनमा सामाजिक विसंगतिविरुद्ध रुपान्तरणका पक्षमा थियो । बालश्रम, जातीय विभेद, घरेलु हिंसा, सार्वजनिकस्थलमा हुने दुर्व्यवहार, एसिड आक्रमण लगायतका विसंगतिबाट नेपाली समाजले भोगिरहेको पीडालाई केन्द्रीय बहसमा ल्याइएको थियो । साथै निराकरणका लागि जनचेतना जगाउने र सम्बन्धित सबैलाई घच्घच्याउने प्रयास पनि भएको थियो ।

निर्देशक लामिछानेले ‘ऐना’ केवल एउटा टेलिभिजन शो नभइ समुन्नतिको दिशामा एउटा बुलन्द आवाज भएको बताए । ‘कमजोरी पहिचान गर्दै, सच्याउन जोडबल गरौँ, गर्न बाँकी धेरै कर्म छन्, तिनलाई हासिल गर्ने संकल्प गरौँ, त्यही यात्रामा जोडबल गर्ने कार्यक्रम ‘ऐना’ को दोस्रो सिजनमा पनि पहिलो सिजनमाझैं तपाईंको उत्तिकै माया पाउने, विश्वास हामीले लिएका छौँ,’ लामिछानेले भने ।

कार्यक्रम निर्माण–निर्देशन, अनुसन्धान, रिपोर्टिङ, लेखन, भिडियोग्राफी, सम्पादन र व्यवस्थापनमा प्रकाश लामिछाने, आरके धिताल, जनक पौड्याल, भानु बोखिम, सोविता रिसाल, जीवन तिम्सिना, मनिका खतिवडा, ज्योती भट्टराई, युवराज साउद, सुशील बुढाथोकी, युवराज श्रेष्ठ लगायत रहेका छन् ।

लामिछानेले कार्यक्रमका प्रायोजक नेपाली व्यवसायीको नेपालभित्रकै उत्पादनसँग अघिल्लो सिजनजस्तै यसपटक पनि जोडिएको बताए । कार्यक्रम ‘ऐना’ कान्तिपुर टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रसारण हुनेछ ।

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत खर्च र १६ खर्ब राजस्व लक्ष्य पूरा गर्न जुट्न आग्रह

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:२४

  काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...